व्यवहार तत्काल सुधार गर्न मेयर हर्क साम्पाङलाई दलहरुको आग्रह

  • वैशाख १९, २०८०
  • ६,२४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाखः धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राईलाई धरानका राजनीतिक दलहरुले प्रेसमाथि अमर्यादित र अपमानजनक व्यवहार नगर्न आग्रह गरेकाछन् ।

नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज ), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु र नेकपा (एस) का अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ती जारी गर्दै त्यस्तो आग्रह गरेका हुन ।

विज्ञप्तिमा जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुने गरि नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटक पटक धावा बोलिरहेको पनि उल्लेख छ ।

नेपाली प्रेसको अग्रसरता र भुमिका विना नेपालको लोकतान्त्रिक आन्दोलन सम्भव नहुने स्मरण गराउदै दलहरुले प्रेसले गरेको आलोचनालाई आफ्नो विरोधकोरुपमा लिएर आफुलाई विधि, प्रक्रिया र कानुनभन्दा माथि ठानेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रस्तुत गरिरहेको व्यवहार सुधार गर्न पनि दलहरुले मेयर साम्पाङलाई सचेत गराएका छन् ।

विज्ञप्तीमा भनिएको छ,‘नियोजित उद्देश्य पुरा गर्न र सस्तो प्रचारबाजीका लागि मर्यादित प्रेसमाथि गरिरहेको अमर्यादित व्यवहार र टिप्पणीलाई तत्काल सुधार गरी स्वतन्त्र प्रेसप्रति सम्मान गर्न आग्रह गर्दछौं ।’

यस अघि नेपाल पत्रकार महासंघ सुनसरी र सुनसरीका ४ वटा पत्रकार संगठन प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, प्रेस युुनियन र समाजवादी प्रेस संगठन नेपालले पनि मेयरको प्रेस प्रतिको अभिव्यक्ति र व्यवहार तत्काल सुधार गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

final news photo

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic