धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहे्को मेयर साम्पाङद्धारा स्पष्ट

  • वैशाख २६, २०८०
  • १३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ वैशाखः धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज रार्य ( हर्क साम्पाङ)ले धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

तीन दिन अघि नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण पत्रको लिखित जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

मेयर साम्पाङले पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपुर्ण भाषामा प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघ सुनसरीले प्रेस स्वतन्त्रताको सम्मान गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । तीन दिनको अल्टिमेटमसहित बुझाएको ध्यानाकर्षण पत्रको मेयर साम्पाङले आजै जवाफ दिएका हुन् ।

पत्रकार महासंघले नगरप्रमुख साम्पाङलाई अमर्यादित र गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरेको थियो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा झोले पत्रकार भन्दै पत्रकार र सञ्चारमाध्यम लक्षित अमर्यादित भाषामा गाली गर्ने गरेका छन् । साथै, उनका समर्थकहरुले पनि पत्रकारहरुलाई सामाजिक सञ्जालमा जथाभावी गालीगलौज र धम्कीसमेत दिने गरेकाछन् ।

धरान उपमहानगरपालिका प्रेस स्वतन्त्रताको पक्षमा रही आएको तर प्रेस स्वतन्त्रताको नाममा जथाभावी आरोप लगाउने, कसैको चरित्र हत्या गर्ने, अपुष्ट समाचार सम्प्रेषण गरि भ्रम सृर्जना गर्ने छुट पत्रकारलाई पनि नरहेको मेयर साम्पाङको जवाफी पत्रमा उल्लेख छ ।

यस अघि नगरप्रमुख साम्पाङले चलाउदै चलाउने सामाजिक संजालमा संचारकमींलाई गाली गलौज गरेर पोष्ट गर्ने गरेका थिए ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic