मेयर साम्पाङबाट पत्रकारहरु असुरक्षित भएको भन्दै सुरक्षा माग सुनसरीका पत्रकारद्धारा गृहमन्त्रीलाई ज्ञापन पत्र

  • वैशाख २९, २०८०
  • ५,७५६ पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी
धरान,२९ वैशाखः नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा सुनसरीका पत्रकारहरुले शान्ति सुरक्षाको माग गदै गृहमन्त्रालयमा ज्ञापन पत्र वुझाएकाछन् ।

महासंघले धरानका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) द्धारा पत्रकारहरु असुरक्षित रहेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र वुझाएका हुन् ।

महासंघका केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला नेतृत्वको टोलीे जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेर प्रजिअ हुमकला पाण्डेमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष शान्ति सुरक्षा माग गरेको थियो ।

मेयर साम्पाङ र उनका समर्थकहरुले पत्रकारले प्रश्न सोधेको र समाचार लेखेकै आधारमा पत्रकारविरुद्ध अराजकरुपमा प्रस्तुत भइरहेकोले असुरक्षित महशुस भएको महासंघको भनाई छ ।

महासंघद्धारा वुझाईको माग पत्रमा पत्रकारलाई निशाना बनाएर मेयर साम्पाङले दिएको अभिव्यक्ति पनि संवेदनशील भएको उल्लेख गरीएको छ छ ।

स्थानीय सरकार प्रमुखको दायित्व जनताको जिउधनको सुरक्षा गर्ने भएपनि धरानका पत्रकारहरुले भने असुरक्षा महशुस गरेको प्रजिअमार्फत गृहमन्त्रीलाई पठाएको पत्रमा लेखिएको छ ।

मेयर साम्पाङलाई पत्रकार महासंघ सुनसरीले प्रेस प्रति आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दै तीन दिने ध्यानाकर्षण पत्र समेत वुझाएका थिए । तर साम्पाङले विना सम्वोधनको पत्र सामाजिक सञ्चालमा पोष्ट गर्दै थप धम्कीपूर्ण शव्द सहितको पोष्ट गरेका थिए ।

ज्ञापन पत्र सहित महासंघले ६ दिने आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

ज्ञापन पत्र वुझ्दै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गृहमन्त्रालयमा तत्काल पठाईदिने वताएकीथिइन ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic