धरानमा दोस्रो राष्ट्रिय कुराँश खेल प्रतियोगिता हुने

  • जेठ १, २०८०
  • २,२८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ जेठ ः खेलकुदको शहर धरानमा विभिन्न किसिमका खेलकुद प्रतियोतिाहरु संचालन हुने गरेको छ । सोही क्रममा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ ।

पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो ।

प्रतियोसिगता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ ।
शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो ।

समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेकाछन् ।
सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान,रिकेश विश्वकर्मा रहेकाछन् ।

यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उपनामले परिचित धरानमा यस खेलको प्रतियोगिता आयोजना गरीन लागेको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिएकाछन् ।

राईका अनुसार जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ भने प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०,४४,४८,५२,५७, र ६३ साथै ६३ माथि तौल समूहमा हुनेछ भने पुरुषतर्फ पनि ४०,४४,४८,५२,५७,६३, ७३ साथै ७३ तौल माथि समूहमा हुनेछ ।

यो प्रतियोगिता पूर्वको लागि पहिलो र नौलो प्रतियोगिताको रुपमा हुनेछ ।

 

 

 

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic