कांग्रेसका पूर्व नगर सचिव राजेशमान श्रेष्ठद्धारा कांग्रेस परित्याग सधै पार्टीले पाखा लगाएको आरोप

  • जेठ ४, २०८०
  • ४,००३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठ :नेपाली काँग्रेस धरानका पूर्व नगर सचिव तथा युवा नेता राजेशमान श्रेष्ठ ले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकाछन् ।

लामो समय शिक्षण पेसामा आवद्ध श्रेष्ठ किशोर राई नगर सभापति निर्वाचित हुदा सचिवमा निर्वाचित वनेका थिए । पारीवारीक रुपमा नै कांग्रेस पृष्ठभूमिका श्रेष्ठ नेवार समुदायमा निकै लोकप्रिय रहेकाछन् ।

श्रेष्ठले वुधवार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा गरेका थिए भने सोही दिन उनी राष्ट्रिय स्वतन्त्र पार्टीको धरान नगर संयोजक वनेका थिए ।

काँग्रेसमा सबै भन्दा धेरै पीडित आफू भएको बताउँदै रा काँग्रेसले कहिल्यै कुनै अवसर नदिएर पाखा लगाउने काम गरेको आरोप समेत लगाएकाछन् ।

श्रेष्ठले पार्टीमा धरानमा बढेको गुटबन्दी, विकृती, विसंगती बारे बोल्दा गद्दार समेत भनेर अरोप लगाउने गरेको गुनासो समेत गरेकाछन् ।

लामो समय शिक्षक पेसामा रहेका श्रेष्ठ समुदायमा निकै लोकप्रिय रहेकाछन् । संगठन निर्माणमा उनी निकै निपूर्ण रहेकोले पार्टी संगठन तिव्र रुपमा निर्माण हुने अनुमान गरीएको छ ।

उनले सवै वडाहरुमा संगठन निर्माणलाई तिव्रता दिने वताएकाछन् । आफूले धरानको समग्र हितको पक्षमा काम गर्ने समेत वताएकाछन् ।

वुधवार भएको भेलाले सुमान श्रेष्ठलाई सचिवमा चयन गरेको छ । श्रेष्ठ यस अघि माओवादीको धरान नगर समिति सदस्य रहेका थिए ।

भेलाले कोषाध्यक्षमा सबिता लिम्बुलाई चयन गरेको छ भने सदस्य रहने गरी तदर्थ समिति गठन गरेको छ ।

त्यसैगरी धरान(९ का सक्रिय युवा निर्मल आचार्य पनि काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् ।

वुधवार भएको भेलाले तदर्थ समितिले जेठ १९ गते भित्र नयाँ सदस्यता वितरण गरी आउँदो मङ्सिरमा पार्टीको अधिवेशन गर्ने निर्णय गरेको नगर संयोजक राजेमान श्रेष्ठले जानकारी दिएकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic