दोस्रो सुवास राई स्मृति सुपर ८ लिगको तयारी पुरा उद्घाटन खेल भोली

  • जेठ १०, २०८०
  • ८९७ पटक पढिएको
  • छाल खबर
alt

धरान,११ जेठ धरान उपमहानगरपालिकाको आयोजनामा हुन लागेको दोसो सुवास राई स्मृति सुपर ८ लिग कम नकआउट फुटबल प्रतियोगिता २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ ।

हाम्रो धरान भेट्रान क्लबको संयोजनमा हुन लागेको सो फुटवल प्रतियोगिताको उद्घाटन विहिवार हुने भएको छ ।

स्थानिय स्तरका खेलाडीहरूलाई व्यवसायीक र सक्षम खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडि उत्पादन गर्ने प्रतियोगिताको उदेश्य रहेको क्लबका सचिव उमेश जिमि ले वताएका छन्।

प्रतियोगितामा धरान–१,५,११,१४,१५,१६,१७ र २० वडाहरुको टिमवीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साङ्पाङ्गले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । उत्घाटन खेल धरान वार्ड नं १७ विरूद्व धरान वार्ड नं ११ विच हुने भएको छ ।

प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने आयोजक समितिले जनाएको छ ।

गोधुलि क्लबका संस्थापक सदस्य, धरान फुटबल क्लबका निवर्तमान अध्यक्ष धरान उपमहानगरपालिकाको खेलकुद संयोजक समेत रहेका स्व. सुवास राईको स्मृतिमा लिग प्रतियोगिता गत वर्षबाट संचालन गरिएको हो ।

त्यसैगरी हाम्रो धरान भेट्रान क्लवको आयोजनामा दोस्रो हाम्रो धरान भेट्रान कप २०८० शुक्रवारबाट शुरु हुने भएको क्लवका अध्यक्ष अशोक कुमार राईले वताएकाछन् ।

सो प्रतियोगितामा प्रदेश १ भरीका जम्मा १४ वटा भेट्रान टिमले सहभागिता जनाएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।
प्रतियोगिता धरान रंगशालामा हुने आयोजकले वताएको छ । स्व. सुवास राई स्मृति लिगको खेल सकिए लगतै भेट्रानको खेल शुरु हुनेछ ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic