लिबर्टी स्कुलमा हाउस प्रतिनिधि नेतृत्व चयनका लागि निर्वाचन

  • जेठ ११, २०८०
  • ३,३३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ जेठः लिबर्टी रेसिडेन्सियल स्कुल धरान ११ मा मा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

हाउस प्रतिनिधि चयन गरी बिभिन्न हाउसलाई कुशलतापुर्बक नेतृत्व प्रदान गर्नका लागि बुधबार निर्वाचन सम्पन्न भएको हो ।

मतदानमा कक्षा–५ देखि १० कक्षासम्मका बिद्यार्थीहरु सहभागि भएको स्कुलका शिक्षक एबम मतदान अधिकृत लोकेश मेन्याङवोले जानकारी दिएकाछन् ।

निर्वाचनमा १० पदका लागि १७ जना बिद्यार्थीहरुले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत मेन्याङवोले जानकारी दिए। स्कुलमा रहेका ४ हाउस मध्ये पहेलो र निलो हाउसका प्रतिनिधिहरु निर्बिरोध निर्वाचित भएका छन।

निर्वाचन अधिकृत अनुसार स्कुल क्याप्टेनमा राजेश बराईली र आयुष राई स्कुल भाईस क्याप्टेनमा निर्वाचित भएका छन।

रेड हाउसको क्याप्टेनमा अमन गुरुङ र भाईस क्याप्टेन बिकास बिक निर्वाचित भएका छन।

यसैगरी निलो हाउसको क्याप्टेनमा मिङ्सो लक्सम र भाईस क्याप्टेनमा बिजु लिम्बु निर्वाचित भएका छन। पहेलो हाउस क्याप्टेनमा मौसम राई र भाईस क्याप्टेनमा प्रबेश लिम्बु निर्वाचित भएका छन।

ब्लु हाउसको क्याप्टेनमा श्वेता राई र भाईस क्याप्टेनमा चुनादेवि दाहाल निर्वाचित भएका छ। हाउसका प्रतिनिधि छान्ने निर्वाचन मार्फत बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिको बारेमा जानकारी दिने उद्येश्यले निर्वाचन आयोजना गरिएको प्रिन्सिपल भगत लिम्बुले जानकारी दिए।

निर्वाचन मार्फत हाउस प्रतिनिधि छान्नु लोकतान्त्रिक बिधि भएको र बिद्यार्थीहरुले भोट कसरी लगाईन्छ, निर्वाचन कसरी गराईन्छ भन्ने कुरा सिक्ने स्कुलका निर्देशक तेजमान लिम्बुले बताए।

liga = 2 liga =4 liga= 3 liga =6 liga =5

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic