धरान लिगामेन्ट स्कुलमा निर्वाचन, १० जनाको लागि ३२ जनाको उम्मेद्वारी

  • जेठ ११, २०८०
  • ५,०६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ जेठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । बिभिन्न हाउसको नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको हो ।

मतदानमा कक्षा(५ देखि १० सम्मका बिद्यार्थीहरु सहभागि भएको स्कुलका अनुशासन समितिका इन्चार्ज एबम मतदान अधिकृत अशोक राईले जानकारी दिए।

dharan ligament   final

निर्वाचनमा १० पदका लागि ३२ जना बिद्यार्थीहरुले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत राईले जानकारी दिए।

निर्वाचन अधिकृत राइृका अनुसार स्कुल क्याप्टेनमा निर्भिका भुजेल र भाइस क्याप्टेनमा युन्छोना लिम्बु निर्वाचित भएका छन।

त्यसैगरी रेड हाउसको क्याप्टेनमा लादिप्मा राई र भाईस क्याप्टेन सस्मिता गुरुङ निर्वाचित भएका छन।

त्यस्तै हरीयो हाउसको क्याप्टेनमा सिकुम लिम्बु र भाईस क्याप्टेनमा अस्मिता बस्नेत निर्वाचित भएका छन।

पहेलो हाउस क्याप्टेनमा दिपेन बल र भाईस क्याप्टेनमा प्रशन्ना लिम्बु निर्वाचित भएका छन।

निलो हाउसको क्याप्टेनमा अदिप्ति राई र भाईस क्याप्टेनमा अनमोल राई निर्वाचित भएका छन् ।

हाउसका प्रतिनिधि छान्ने निर्वाचन मार्फत बिद्यार्थीहरुलाई लोकतान्त्रिक बिधिको बारेमा जानकारी दिने उद्येश्यले निर्वाचन आयोजना गरिएको प्रिन्सिपल तेजमान लिम्बुले जानकारी दिए।

निर्वाचन सम्वन्धि व्यहारीक शिक्षा दिने उदेश्यले निर्वाचन मार्फत नै स्कुलको विद्यार्थीहरुको प्रतिनिधि निर्वाचित गरीएको प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic