एसईईस्पिकरको दोश्रो चरणमा १४ जना सेमिफाईनलमा प्रबेश

  • जेठ १२, २०८०
  • ४,६४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ जेठ ः एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उदेश्यले आयोजना हुदै्र आएको एसईई स्पिकर–२०८०,सिजन ३ को दोश्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाईनलमा प्रबेस गरेका छन।

धरान–१३ को सभाहलमा विहिवार भएको दोस्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाइनल प्रवेश गरेका हुन् प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीको अध्यक्षमा भएको सो अडिसनमा धरान–१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि थिए।

सहभागिहरुले ूलागु औषध दुर्ब्यसन न्यूनीकरणमा बिद्यार्थीको भुमिकाू शिर्षकमा बोलेका थिए। सेमिफाईनल आगामि ज्येष्ठ–२० गते सनिबार वडा बाल सन्जालको हलमा हुने आयोजकले जनाएको छ।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्न प्लेट फर्म प्रदान गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुुमुखि क्याम्पसका उप–प्राध्यापक एबम कोशि पत्र दैनिकका सम्पादक राजेश बिद्रोही र सहिद स्मृति मा.बि. का अङ्ग्रेजी शिक्षक टंक भट्टराई रहेका थिए ।

एस.ई.ई. स्पिकरको बिजेताले २० हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गर्नेछ। फष्ट रनर अपले १५ हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ भने सेकेण्ड रनर अपले १० हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ।

त्यस्तै सान्त्वना स्थान ल्याउनेले ५ हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ।

कार्यक्रममा सुनाखरी एकेडेमिका प्रीन्सिपल मिलन राई, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर सागर श्रेष्ठ, नेसनल एकेडेमीका प्रीन्सिपल श्रीसिसा राई, हिबिस्कस इङ्लिस बोर्डिङका निर्देसक गङ्गाराम कुलुङ, भाईस(प्रीन्सिपल बिजय सिंह थेबे, अमर सेवा समाजका अध्यक्ष भुमि लिम्बु र समाजका सचिव गोपाल श्रेष्ठको उपस्थिति थियो।कार्यक्रमको सन्चालन नबिना मग्रातिले गरिन।

00000000 11 22 77 99

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic