कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई निर्वाचित

  • जेठ १५, २०८०
  • २,३२९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ जेठः कोशी प्रदेश फुटबल संघको अध्यक्षमा धरानका किशोर राई निर्वाचित भएका छन्।

आइतवार धरानमा भएको कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनबाट राई निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

अध्यक्ष राई सहित सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिको उपाध्यक्षहरुमा खड्क बहादुर श्रेष्ठ, कबिरमान तुम्बापो,मणि कुमार लिम्बु, समिर राई, सफल किरात र शिव न्यौपाने चयन भएका छन्।

त्यसैगरी समितिको सदस्यमा शम्भु प्रधान, मनेश दाहाल, महानन्द भंकराज, रन्जन कार्की,शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेम प्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बु, गोकर्ण भट्टराई र लक्ष्मी प्रसाद काफ्ले चयन भएका छन्।

नव निर्वाचित अध्यक्ष राईले छोटो प्रतिक्रिया दिदै फुुटवल खेललाई व्यवसायिक वनाउदै खेल क्षेत्रको विकासमा अहोरात्र लागि पर्ने वताए ।

उनले खेलकुद क्लवहरुसंग सहकार्य र परस्पर एकताको माध्यमबाट फुुटवल खेललाई अघि वढाउने प्रतिवद्धता जनाएकाछन् ।

नेपाली फुटबलको गुमेको साख फर्काउन आफूहरु प्रतिवद्ध रहेको उनको भनाई रहेको छ ।

football football 3 football 2

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic