एकिकृत समाजवादीद्धारा भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन

  • जेठ १७, २०८०
  • २,१०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेठः नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गरेको छ।

एकीकृत समाजवादी मोर्चा संगठनद्वारा आयोजित बिरोध प्रदर्शनमा भ्रष्टाचार अन्त्यका लागि सरकार कडाइका साथ लाग्नु पर्ने माग गरिएको थियो।

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई छोड्ने प्रपञ्च रच्ने काम भइरहेको भन्दै नेताहरूले त्यसको सशक्त विरोध गर्नु भएको छ।

ggggg पार्टीका उपमहासचिव डा.विजय पौडेल, नेताहरू रामेश्वर फुयाँल, उषा पोखरेल, नितेश पौडेल लगायतले शरणार्थी प्रकरणलाई सरकार र अदालतले तलमाथि गरे त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनु भएको थियो।

माइतीघरदेखि निकालिएको जुलुस प्रदर्शन वानेश्वर पुगेर कोर्णसभामा परिणत भएको थियो। नेताहरूले सम्बोधन गर्नुका साथै राष्ट्रिय जनसाँस्कृतिक महासंघ, समाजवादीका कलाकारहरूले गीत संगीतमार्फत खबरदारी गर्नु भएको थियो।

कोर्ण सभालाई सम्बोधन गर्दै डा।पौडेलले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सशक्त पार्न एकीकृत समाजवादीले मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी र विशेष जिल्ला कमिटीलाई निर्देशन दिनु भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान तथा कारबाहीलाई निष्पक्ष बनाउन दबाब दिने उद्देश्यले एकीकृत समाजवादीले देशभर विभिन्न आन्दोलनहरू गर्दै आएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic