धरानमा महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने

  • जेठ १९, २०८०
  • ३६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ जेठ ः खेलकुदको शहर उपनामले परिचित धरानमा राष्ट्रिय महिला कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।

सितेरियो कराँते परिवार धरानको आयोजनामा ‘विपि मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता’ आयोजना हुने भएको हो ।

आयोजकले धरानमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार जेठ २६ र २७ गते धरान रंगशालाको सेमि कभर्डहलमा हुने भएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नकालागी प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका संयोजक कुविरमान राईले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा आयोजक सहित १ नं. प्रदेश, मधेश प्रदेश,गण्डकी प्रदेश,वाग्मति प्रदेश, लुम्विनि प्रदेश सुदुरपश्चिम प्रदेश।, कर्णाली प्रदेश, नेपाल पुलिस क्लव र नेपाल आर्मि क्लव र शसस्त्र प्रहरी बल को टीम सहभागी हुने भएको छ ।

प्रतियोगिता ३५ केजी तौल समुह, त्यस्तै ४०, ४५, ५०, ५५, ६१, ६८, ६८ माथी, एकल काता, समुह काता (३ जना) मा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १४ लाख ९२ हजार ७ सय रुपैया खर्च हुने आयोजक समितिका संयोजक कुविरमान राईले वताए ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic