म पनि के कम को अडिसन सम्पन्न

  • असार १८, २०८०
  • २,८७० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१८ असारः युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित म पनि के कम गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ ।

एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो ।

गाायन तर्फको सेमिफाइनल राउन्डमा १०० जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ ।

एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी विद्यालय सहभागी भएको थियो ।

एकेडेमीले जुनियर तर्फ नृत्यलाइ आगामी भदौ २९ गते बाल दिवसको अवसरमा फाइनल गर्ने र गायन साथै सिनियर तर्फको नृत्यको समापन असोजमा हुने बताएको छ ।

गायन प्रतियोगितामा विजेता हुनेले नगद २५ हजार , ट्रफी , सम्मान पत्र र निशुल्क म्युजिक गित गाउन पाउने , दोस्रो नगद १५ हजार ट्रफी , तेस्रो नगद १० हजार , ट्रफी र चौथोलाई नगद ५ हजार प्रदान गरिने छ ।

नृत्य जुनियर तर्फ विजेता क्रमशः २५ हजार , १५ हजार , १० हजार , ५ हजार साथै नट्राजको मुर्ति प्रदान गरिने छ । सिनियर तर्फ विजेतालाई क्रमशस् ५० हजार साथै सिल्भर क्राउन र एक म्युजिक भिडियो , २५ हजार , १० हजार ,५ हजार नटराजको मुर्ति प्रमाण–पत्र प्रदान गरिने छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic