होलिल्याण्ड कप बास्केटबलको उपाधी टावर टेम्पल र होलिल्याण्ड स्कुललाई

  • असार २६, २०८०
  • ५,१४७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२६असार ः होलिल्याण्ड इन्टरनेसनल स्कुलले आयोजना गरेको प्रदेश स्तरीय अन्तरविद्यालय होलिल्याण्ड कप बास्केटबल प्रतियोगीताको उपाधि टावर टेम्पर विर्तामोड र होलील्याण्ड स्कुलले हात पारेको छ ।

आईतवार सम्पन्न प्रदेश स्तरिय बास्केटबल प्रतियोगितामा छात्रतर्फ टावर टेम्पल बिद्यालय विर्तामोड विजयी भएको थियो भने छात्रातर्फ आयोजक होलील्याण्ड इन्टरनेशनल स्कुल विजेता वनेको थियो ।

त्यसैगरी छात्रतर्फको उपविजेतामा होलील्याण्ड इन्टरनेशनल स्कुल हुन सफल भएको थियो भने छात्रातर्फको उपविजेता चिल्ड्रेन एकेडेमी वन्न सफल वनेको थियो ।

holilana school photo = 2 असार २३ र २४ गते सम्पन्न छात्र र छात्रातर्फ भएको सो प्रतियोगितामा विजेता टावर टेम्पल बिद्यालय विर्तामोडले नगद १० हजार सहित मेड्ल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपबिजेता होलिल्याण्ड ई.स्कूलले नगद ५ हजार साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको थियो ।

छात्रातर्फ बिजेता होलिल्याण्डले नगद ८ हजार सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको थियो । उपबिजेता चिल्ड्रेन एकेडेमीले ४ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।

छात्रतर्फ टेम्पल टावरको टिमले फाइनलमा ३३÷३२को स्कोर गर्दै उपाधी हासिल गरेको हो भने छात्रातर्फ होलील्याण्ड ई। स्कूल ब्ु ले ८.२ को स्कोर गर्दै उपाधि चुम्न सफल वनेको थियो ।

प्रतियोगिताको व्यक्तिगत बिधामा तर्फ बेस्ट स्कोर र मष्ट भ्यालुएवल प्लेयरको उपाधी टेम्पल टावर स्कुलका खेलाडी नितेश बस्नेत घोषित भएका थिए ।

छात्रतर्फ ुराइजिङ प्लेयरु होलील्याण्डका डोनिस सुनुवार र छात्रातर्फ होलील्याण्ड स्कुलकै दिक्षा राईले प्राप्त गर्नुका साथै मेड्ल र ट्रफी प्राप्त गरेका थिए । छात्रातर्फको मष्ट भ्यालुएवल प्लेयर होलील्याण्डस्कुलकी तुमा लिम्वु घोषित भएकी थिइन ।

होराईजन क्लबको प्राबिधिक सहयोगमा भएको प्रतियोगीतामा छात्रतर्फ फुल कोर्ट ५÷५ र छात्रातर्फ हाफ कोर्ट ३ ÷ ३ मा खेलाईएको थियो ।

प्रतियोगितामा प्रदेशभरीका १५ विद्यालयका २९ टीम सहभागी रहेका थिए ।

प्रतियोगीताको समापन समारोहको सभापतित्त्व विद्यालयका डाइरेब्टर खगेन्द्र कुमार मेन्याङ्‌बोले गरेका थिए भने प्रमुख अतिथी इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक नवराज मल्ला रहेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic