एम्सको प्रवेश परीक्षामा ३२७ सहभागि

  • असार २८, २०८०
  • १,८१९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ असार ः एम्स एकेडेमी धरान–१२ ले माध्यामिक शिक्षा परीक्षा उर्तिण गरेका विद्यार्थीहरुको लागि पहिलो चरणको प्रवेश परीक्षा शुरु गरेको छ ।

एकेडेमीले पहिलो चरणको लागि विहिवार प्रवेश .परीक्षा लिएको हो ।

कलेजले कक्षा ११ मा नया भर्नाका लागि प्रवेश परीक्षा संचालन गरेकोमा ३ सय २७ जना सहभागी भएको प्लस टु कोअडिनेटर हेमन्त भण्डारीले जानकारी दिएकाछन् ।

भण्डारीका अनुसार दोस्रो चरणको प्रवेश परीक्षा असार ३१ गते हुने छ ।

एम्समा साईन्स, म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल एन्ड टुरिजम, होटल म्यानेजमेन्ट, ह्युमानिटी, मास कम्युनिकेसन र एजुकेसन बिषयको पढाई हुने गरेको छ।

अहिलेको समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासका लागि अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिईने कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर दुर्गा सुबेदीले जानकारी दिए।

एम्स एकेडमीले शिक्षा क्षेत्रमा पछिल्लो समय ठुलो फड्को मार्नं सफल भएको छ । यस कलेजका प्राध्यापकहरु दक्ष तथा अनुभवि भएकोले पनि कलेजमा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

कलेजले दिदै आएको शैक्षिक गुणस्तर नै कलेजको विशेषता भएको कलेजका मेनेजमेन्ट कोअर्डिनेटर सुवेदीको भनाई रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic