हिविसकस स्कुलद्धारा विद्यार्थीहरुलाई कानुनी पेसाको परामर्श

  • असार ३०, २०८०
  • १,९७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० असार ः हिविसकस इङ्लिस बोडिङ स्कुल धरान– १५ ले विद्यार्थीहरुका लागि हिविस्रकस क्यारीयर कानुनको लागि परामर्श कार्यक्रम आयोजना गरेको छ ।

स्कुलले कक्षा ११ मा कानुन विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई कानुनी पेसाको विषयमा परामर्शको आयोजना गरेको हो ।

कानुन विषयका शिक्षक अधिवक्ता देवेन राईले कानुन विषयको आवस्यकताको विषयमा जानकारी गराएका थिए । उनले रोजगारीको ग्यारेन्टी भएको विषय भएको वारेमा पनि थप प्रष्ट पारेका थिए ।

शिक्षक राईले कानुन विषयमा कक्षा १२ अध्ययन पुरा भएपछि हुने उपलव्धि र एलएलवि पछिको उपलव्धिका विषयमा जानकारी गराएका थिए ।

उनले अन्य विषयको जतिकै कानुन अध्ययन गर्ने विद्यार्थीको पनि भविष्य उज्जवल रहेको जानकारी दिएका थिए ।

स्कुलका निर्देशक गगाराम राईले सवैभन्दा छिटो र सजिलो रोजगारीको ग्यारेन्टी भएकोले यो विषयमा अध्ययन गर्न सुझाव दिएका थिए ।

कक्षा ११ मा अध्ययन गर्नको लागि अन्यौलमा रहेका विद्यार्थीहरुलाई कानुन विषय अध्ययन गर्नको लागि अन्यौल नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

स्कुलका संचालक पवन झा ले कानुन विषयको आवस्यता र औचित्यको वारेमा जानकराी दिएका थिए ।सो कार्यक्रमको संचालन नयनराज  राईले गरेका थिए ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic