विष्णु स्कुलद्धारा मुटु रोग सम्वन्धि क्लिनिक सम्पन्न

  • साउन १, २०८०
  • ३,४१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले एक दिने मुटु रोग सम्वन्धि निःशुल्क स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका ७० वा सो भन्दा माथि उमेरका अभिभावकहरुका लागि स्वास्थ्य क्लिनिक संचालन गरेको हो ।

शनिवार भएको सो क्लिनिकमा अभिभावक साथै स्थानीय ६४ जनाले सेवा लिएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले जानकारी दिनुभयो ।

bishnu school photo side

क्लिनिकमा वरिष्ट मुटु रोग विशेषज्ञ डा प्रसान्त शाहले सेवा दिनु भएको थियो । परिवर्तनका लागि सामाजिक अभियानसँगको सहकार्यमा सो क्लिनिक संचालन भएको हो ।

सो कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको थियो ।

पढाईका अतिरीक्त सामाजिक क्षेत्रमा केही न केही मात्रामा भएपनि योगदान दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल श्रेष्ठले वताउनु भयो ।

विष्णु स्कुलले सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । यस अघि पनि विभिन्न कार्यक्रम सम्पन्न गरीसकेको छ ।

शिक्षा क्षेत्रमा धरानमा विष्णु स्कुल निकै अव्वल रुपमा रहेको छ ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic