लाइ सी कथालाई नियालेर हेर्दा

  • साउन २, २०८०
  • २,११० पटक पढिएको
  • छाल खबर
alt

नेपालको पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा जन्मिएका कथाकार दाजु गुुरुङ नेपाली साहित्यमा एउटा सफल तारा हुन् । मेरो हातमा रहेको लाइ–सी उनको दोस्रो कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा १९ वटा कथा सङ्ग्रहित रहेका छन् । यस कथा सङ्ग्रहमा १. चिसो हावाले २. निर्गन्ध रहरहरु ३. कान्छी ४. अस्वीकृत सम्झौता ५. पराजय ६. गुडबाई मोनिका ७. रियुजी ८. रोजा ९. अकथा १०. कामरेड ११. बेखुसी १२. अर्को धरातल १३. पानीका धर्साहरु १४. सेतो खाम १५. च्यारिटी १६. कानुनले नचिनेको मान्छे १७. विस्मृतिको डिलमा १८. लालीगुँरास डटकम, शीषकका कथाहरु सङ्ग्रहित छन् । कथा सङ्ग्रह मझौला आकारमा २४२ पृष्ठको आयतनको छ । सग्रीला पुस्तक प्रा.लि. काठमाडौले प्रकाशन गरेको पुस्तकको सवाधिकार कथाकारमा सुरक्षित रहेको छ ।

लाइ–सी कथा सङ्ग्रह सामाजिक कथाहरुको सङ्ग्रह हो । यस कथा सङ्ग्रहका प्राय सबै कथामा महिला र पुरुष मुख्य पात्रका रुपमा आएका छन् । प्राय कथाका पात्रहरुको मनोदशाको प्रस्तुित काब्यात्मक रुपमा गरिएको छ । यस कथा सङ्ग्रहमा कथाको पात्रहरुको जन्मथलो नेपाल भए पनि विविध कारणले हङ्कङलाई कर्मथलो बनाएकाहरुको जीवन भोगाइलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । कथाकार आफैले कथा सङ्ग्रहका समर्पण शीषकमा अलिकति रहरमा अलिकति कहरमा भूगोलका विभिन्न सीमारेखाहरुमा छातीभरि देशको नक्सा बोकेर सपना खोजिरहेका पलायित मनहरुमा भनेर भनेको वाक्यांशबाट विदेशिनु नियति भए पनि आफ्नो जन्म थलो विर्सिन नसकेको प्रष्ट देखिन्छ ।

लाइ–सी कथाका सबै जसो परिवश, हङ्कङका विभिन्न ठाउँका रहेका छन् । लाइ–सी कथा सङ्ग्रहका सबैजसो कथाका कथानक समसामयिक विषय त्यसमा पनि मध्यम बर्गीय प्रवासी नेपालीहरुको नविन जीवन भोगार्ई, असफल प्रेम, नियतिले छुट्टिएकाहरुको तथा काम गर्दामात्र खान पाउनेहरुको जीवज भोगाइ रहेका छन् ।

यस कथा सङ्ग्रहका प्राय सबै कथामा महिला र पुरुष मुख्य पात्रका रुपमा आएका छन् । कथा सङ्ग्रहका प्रायःकथाका मुख्य पात्र नारी पात्र छन् । लाइ–सी सङ्ग्रहको कथाको उद्देश्य प्रवासी नेपालीहरुको जीवन भोगाइ देखाउनु रहेको छ । लाइ–सी कथा सङ्ग्रहको भाषा काब्यात्मक छ । यो कथा सङ्ग्रहका सबै कथाको वाक्य टुङ्गाउदा क्रिया पदको प्रयोग छैन् । व्याकरणका हिसाबमा नमिलेको वाक्य गठन रहे पनि साहित्यिक हिसाबमा मिलेको छ । देवराज रेग्मी

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic