लाइ सी कथालाई नियालेर हेर्दा

  • साउन २, २०८०
  • २,३२२ पटक पढिएको
  • छाल खबर
alt

नेपालको पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा जन्मिएका कथाकार दाजु गुुरुङ नेपाली साहित्यमा एउटा सफल तारा हुन् । मेरो हातमा रहेको लाइ–सी उनको दोस्रो कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा १९ वटा कथा सङ्ग्रहित रहेका छन् । यस कथा सङ्ग्रहमा १. चिसो हावाले २. निर्गन्ध रहरहरु ३. कान्छी ४. अस्वीकृत सम्झौता ५. पराजय ६. गुडबाई मोनिका ७. रियुजी ८. रोजा ९. अकथा १०. कामरेड ११. बेखुसी १२. अर्को धरातल १३. पानीका धर्साहरु १४. सेतो खाम १५. च्यारिटी १६. कानुनले नचिनेको मान्छे १७. विस्मृतिको डिलमा १८. लालीगुँरास डटकम, शीषकका कथाहरु सङ्ग्रहित छन् । कथा सङ्ग्रह मझौला आकारमा २४२ पृष्ठको आयतनको छ । सग्रीला पुस्तक प्रा.लि. काठमाडौले प्रकाशन गरेको पुस्तकको सवाधिकार कथाकारमा सुरक्षित रहेको छ ।

लाइ–सी कथा सङ्ग्रह सामाजिक कथाहरुको सङ्ग्रह हो । यस कथा सङ्ग्रहका प्राय सबै कथामा महिला र पुरुष मुख्य पात्रका रुपमा आएका छन् । प्राय कथाका पात्रहरुको मनोदशाको प्रस्तुित काब्यात्मक रुपमा गरिएको छ । यस कथा सङ्ग्रहमा कथाको पात्रहरुको जन्मथलो नेपाल भए पनि विविध कारणले हङ्कङलाई कर्मथलो बनाएकाहरुको जीवन भोगाइलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । कथाकार आफैले कथा सङ्ग्रहका समर्पण शीषकमा अलिकति रहरमा अलिकति कहरमा भूगोलका विभिन्न सीमारेखाहरुमा छातीभरि देशको नक्सा बोकेर सपना खोजिरहेका पलायित मनहरुमा भनेर भनेको वाक्यांशबाट विदेशिनु नियति भए पनि आफ्नो जन्म थलो विर्सिन नसकेको प्रष्ट देखिन्छ ।

लाइ–सी कथाका सबै जसो परिवश, हङ्कङका विभिन्न ठाउँका रहेका छन् । लाइ–सी कथा सङ्ग्रहका सबैजसो कथाका कथानक समसामयिक विषय त्यसमा पनि मध्यम बर्गीय प्रवासी नेपालीहरुको नविन जीवन भोगार्ई, असफल प्रेम, नियतिले छुट्टिएकाहरुको तथा काम गर्दामात्र खान पाउनेहरुको जीवज भोगाइ रहेका छन् ।

यस कथा सङ्ग्रहका प्राय सबै कथामा महिला र पुरुष मुख्य पात्रका रुपमा आएका छन् । कथा सङ्ग्रहका प्रायःकथाका मुख्य पात्र नारी पात्र छन् । लाइ–सी सङ्ग्रहको कथाको उद्देश्य प्रवासी नेपालीहरुको जीवन भोगाइ देखाउनु रहेको छ । लाइ–सी कथा सङ्ग्रहको भाषा काब्यात्मक छ । यो कथा सङ्ग्रहका सबै कथाको वाक्य टुङ्गाउदा क्रिया पदको प्रयोग छैन् । व्याकरणका हिसाबमा नमिलेको वाक्य गठन रहे पनि साहित्यिक हिसाबमा मिलेको छ । देवराज रेग्मी

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic