किरातेश्वर स्कुलमा व्यवस्थापन र कानुन विषय पढाई हुने

  • साउन ३, २०८०
  • ३,८७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ साउनः किरातेश्वर माध्यामिक विद्यालय धरान–१९ ले यस वर्षदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषय नयाँ भर्ना शुरु गर्ने भएको छ ।

स्कुलले बुधवार पत्रकार सम्मेलन गरी नया भर्नाको विषयमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै विद्यालयका प्रधानाध्यापक डाक्टरु योगेन्द्र पालुङ्वाले पछिल्लो समय कानुन विषय विद्यार्थीहरुको पहिलो रोजाईको विषय बन्दै गएकोले संचालन गर्न लागिएको जानकारी दिए ।

उनले कानुनसंगै व्यवस्थापन विषय पनि कक्षा ११ र १२ का लागि भर्ना खेलीएको वताए ।

कानुन विषय धरानमा सामुदायिक विद्यालयस्तरमा पहिलो हो । नीजि स्तरमा भने अघिल्लो वर्ष हिविसकस वोडिङ स्कुलले संचालन गरेको थियो ।

प्रध्यानाध्यापक योगेन्द्र पालुवाङका अनुसार बिद्यार्थीहरुले पढन चाहेको बिषय पढन धरान बाहिर जानु नपरोस भनेर कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गरीएको हो ।

पालुङ्वाले कानुन महत्वपुर्ण विषय भएकाले यस विषयको ज्ञान सबैले बुझ्नु आवस्यक भएको हुदा प्लस टु लेवलबाट अध्ययन गराउन शुरु गर्न लागेको जानकारी दिए ।

धरानमा स्नातक तहको कानुन संकायमा भने पढाई हुने गरेको छ । कानुनको जानकारी तल्लो लेवलबाट नै भएको खण्डमा माथिल्लो तहका सहज हुने पालुङ्वाको भनाई रहेको छ ।

स्कुलले यस वर्ष विध्यार्थीहरुलाई भर्ना शुल्क, किताब समेत निःशुल्क प्रदान गर्न लागेएको र मासिक शुल्क भने ८ सय रुपैया मात्र लिने जानकारी दिएकाछन् ।

आर्थीक अवस्था कमजोर भएका तर पढन जेहेन्दार बिद्यार्थीलाई मासिक शुल्क समेत नलिने प्रध्यापक पालुवाङवाको भनाई रहेको छ ।

यस वर्ष ११ र १२ मा ३० जना बिद्यार्थीहरुलाई भर्ना लिने तयारी रहेको स्कुलले जनाएको छ । कक्षा ११ मा पढनका लागि किराँतेश्वरका कै १० जना र धनकुटा, सिदुवा लगायत धरानका अन्य स्कुलकाबाट बिद्यार्थीहरु आएको बताए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic