किरातेश्वर स्कुलमा व्यवस्थापन र कानुन विषय पढाई हुने

  • साउन ३, २०८०
  • ३,८३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ साउनः किरातेश्वर माध्यामिक विद्यालय धरान–१९ ले यस वर्षदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषय नयाँ भर्ना शुरु गर्ने भएको छ ।

स्कुलले बुधवार पत्रकार सम्मेलन गरी नया भर्नाको विषयमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै विद्यालयका प्रधानाध्यापक डाक्टरु योगेन्द्र पालुङ्वाले पछिल्लो समय कानुन विषय विद्यार्थीहरुको पहिलो रोजाईको विषय बन्दै गएकोले संचालन गर्न लागिएको जानकारी दिए ।

उनले कानुनसंगै व्यवस्थापन विषय पनि कक्षा ११ र १२ का लागि भर्ना खेलीएको वताए ।

कानुन विषय धरानमा सामुदायिक विद्यालयस्तरमा पहिलो हो । नीजि स्तरमा भने अघिल्लो वर्ष हिविसकस वोडिङ स्कुलले संचालन गरेको थियो ।

प्रध्यानाध्यापक योगेन्द्र पालुवाङका अनुसार बिद्यार्थीहरुले पढन चाहेको बिषय पढन धरान बाहिर जानु नपरोस भनेर कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गरीएको हो ।

पालुङ्वाले कानुन महत्वपुर्ण विषय भएकाले यस विषयको ज्ञान सबैले बुझ्नु आवस्यक भएको हुदा प्लस टु लेवलबाट अध्ययन गराउन शुरु गर्न लागेको जानकारी दिए ।

धरानमा स्नातक तहको कानुन संकायमा भने पढाई हुने गरेको छ । कानुनको जानकारी तल्लो लेवलबाट नै भएको खण्डमा माथिल्लो तहका सहज हुने पालुङ्वाको भनाई रहेको छ ।

स्कुलले यस वर्ष विध्यार्थीहरुलाई भर्ना शुल्क, किताब समेत निःशुल्क प्रदान गर्न लागेएको र मासिक शुल्क भने ८ सय रुपैया मात्र लिने जानकारी दिएकाछन् ।

आर्थीक अवस्था कमजोर भएका तर पढन जेहेन्दार बिद्यार्थीलाई मासिक शुल्क समेत नलिने प्रध्यापक पालुवाङवाको भनाई रहेको छ ।

यस वर्ष ११ र १२ मा ३० जना बिद्यार्थीहरुलाई भर्ना लिने तयारी रहेको स्कुलले जनाएको छ । कक्षा ११ मा पढनका लागि किराँतेश्वरका कै १० जना र धनकुटा, सिदुवा लगायत धरानका अन्य स्कुलकाबाट बिद्यार्थीहरु आएको बताए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic