जनता समाजवादी पार्टी धरानद्धारा डेङ्गु नियन्त्रण अभियान शुरु

  • साउन ५, २०८०
  • २,८६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५साउनः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले धरानको महामारीको रुपमा रहेको डेंगु महामारीको रोकथाम तथा नियन्त्रणको अभियान थालेको छ । पार्टीका नेता, कार्यकर्ताहरुले डेंगु नियन्त्रण तथा रोकथामको उपायहरु छापिएको पर्चासमेत सर्वसाधारणहरुलाई वितरण हो ।

पार्टीले जनतामा सचेचनाका लागि विहिवारबाट अभियान शुरु गरेको हो ।

धरान– स्थित मंगलवारेबाट अभियान शुरु गरेको जनता समाजवादीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले जानकारी दिएकाछन् ।

उनका अनुसार घरमा जमेर राखिएको पानीबाटा डेङ्गुका लार्भाहरु छिटो उत्पादन हुने भएकोले पानीलाई छोपेर राख्न र लामो समय खुल्ला भाडामा पानी नराख्न सचेतना दिइनुका साथै केहीको घरमा राखीएको पानीमा भेटीएको लार्भा नष्ट गरीएको जानकारी दिए ।

अध्यक्ष लिम्वुले स्थानीय सरकारले जनता सचेतना पु¥याउनु पर्नेमा त्यसो नगरेको गुनासो गरेका थिए । स्थानीय सरकारले डेङ्गु नियन्त्रणका लागि कुनै कार्यक्रमहरु ल्याउन नसकेको टिप्पणी गरेका थिए ।

शुक्रवार धरानका विभिन्न स्थानका अभियान गरीएको र यो अभियान पहिलो चरणमा ५ दिनसम्म संचालन गरीने र त्यसपछि आवस्यकताको आधारमा अरु कार्यक्रम संचालन गरीने लिम्वुले जानकारी दिएकाछन् ।

धरानमा ११ नं वडा र १७ नं वडामा सवैभन्दा वढी डेङ्गुका विरामीहरु रहेकाछन् ।

धरानमा पछिल्लो समय डेङ्गुका विरामहीहरु दैनिक रुपमा १ सयको हाराहारीमा अस्पताल आउने गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic