कम्युनिष्टहरु एक ठाउँ आउनुको विकल्प छैन–अध्यक्ष नेपाल

  • साउन ७, २०८०
  • २,८४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ साउन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु एक ठाउँमा आउनुको विकल्प नभएको वताएकाछन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा वताएका हुन् ।

अध्यक्ष नेपालले सबै कम्युनिष्टहरु एक ठाउँमा आउनुको लागि सवै पक्षहरुले समयमै सोच्नुपर्नेमा जोडदिएका थिए ।

उनले बामपन्थि शक्तिहरु एक ठाउमा नुहदा गैरवामपन्थिहरुले फाइदा लिएको वताउदै सवै वाम एक ठाउमा आउनुको मुलुकको भविष्य सुनिश्चित हुनु भएको वताए ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेको बताउँदै उनले मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर भएपनि एकताको शुरुवात गर्नुपर्नेमा जोडदिएका थिए ।

नेपाली राजनीतिमा कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने दावी गर्दै जति धेरै विभाजित भयो त्यति धेरै नोक्शान हुने उनले बताए ।

कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने वताउदै एकता र सहकार्यका लागि आफू कुनै कसुर वाकी नराख्ने उल्लेख गरेका थिए ।

बामपन्थि एकताको लागि अध्यक्ष नेपालले विभिन्न समयमा कुरा उठाउदै आएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic