धरानमा जुवा अड्डा संचालन जुवा अड्डाबाट वडाध्यक्ष र शिक्षक सहित ११ पक्राउ

  • साउन ९, २०८०
  • १,९२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ९ साउनः धरान लागू औषध र जुवा समेत संचालन हुने गरेको प्रमाणित भएको ।लागू औषधको लागि निकै चर्चामा रहेको धरान यतिवेला जुवा खेलको लागि समेत चर्चामा रहेको छ ।

इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खालबाट ११ जनालाइ पक्राउ गरेको छ ।

धरान १० स्थित पुतलीलानमा रहेको सेफ फुड गार्डेन रेष्टुरेन्टबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आमचोक गाउपालिका वडा नं ६ का वडाध्यक्ष बमबहादुर बस्नेत, शिक्षक अशोक राई रहेकाछन् ।राई लक्ष्मी माध्यामिक विद्यालय पाङ्चाका शिक्षक हुन ।

त्यसैगरी पक्राउ पर्नेहरुमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ ,भरत थापा,जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनिहरुलाइ मंगलवार नै म्याद थप गरीएको जानकारी दिए ।

राजेन्द्र श्रेष्ठ वडा नं–९ का पुर्ब वडाअध्यक्ष बम बहादुर श्रेष्ठका छोरा हुन ।

धरानमा एक दर्जन ठाउमा जुवाको खाल संचालन हुने गरेको स्रोतको दावी रहेको छ ।यद्यपी प्रहरीले अन्य स्थानको भने पहिचान गरेको छैन् ।

स्रोतका अनुसार वडा नं १३ को एक घरमा, वडा नं १५ को एक घरमा र वडा नं. १६ को एक घरमा दैनिक जस्तो जुवाको खाल संचालन हुने गरेको छ । त्याहा धरान वाहिरका खेलाडी समेत आउने गरेको स्रोतको दावी रहेको छ ।त्यस क्षेत्रमा आउने खेलाडीहरु पेसेवार खेलाडीहरु रहेको वुझिएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic