नगरपालिका कर्मचारी नियुक्तिमा जनप्रतिनिधिवीच भागवण्डा

  • साउन १०, २०८०
  • ११,३८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ साउनः धरान नगरपालिकाद्धारा केही दिन अघि प्रकाशन गरेको कर्मचारी विज्ञापनमा जनप्रतिनिधिवीच भागवण्डा रहेको वुझीएको छ ।

धरान नगरपालिकाद्धारा आव्हान गरीएको २७ जना कर्मचारीको विज्ञापनमा जनप्रतिनिधिहरुवीच भागवण्डामा मिलेमते गरीएको हो ।

नगरपालिकाले केही दिन अघि ६ जना नगर प्रहरी, १५ जना सरसफाई कर्मचारी,३ जना मालि र २ जना सुरक्षा गार्डको लागि आवेदन माग गरेको थियो ।

जसमा नगरप्रमुख हर्कराज राई र उपमेयर अइन्द्र विक्रम वेघा र केही वडाध्यक्षहरुमा भागवण्डामो मिलेमतो भएको स्रोतको दावी रहेको छ ।

पार्टीका केही कार्यकर्ताले योग्य दक्ष र विपन्न परिवारका सदस्यका लागि सिफारिस गर्दा उपमेयर वेघाले आफूले गर्न नसक्ने जवाफ दिएको ती कार्यकर्ताको भनाई रहेको छ ।

उपमेयरले २ जना कार्यकर्तालाई मात्रै च्यापेर हिडेको र पाटीैको कुनै कुरा नमानेको भन्दै पार्टी भित्र व्यापक असन्तुष्टि श्रृजना भएको वुझिएको छ ।


उपमेयर वेघाले कर्मचारी नियुक्तिमा मनोपली गरेको पनि पार्टीको आरोप रहेको छ ।नगर प्रहरी पदमा नियुक्ति करारमा रहने छ भने अन्य पदहरुमा ज्लादारीको रुपमा नियुक्त गरीनेछ ।

आन्तरीक आयआर्जन घट्दो मात्रामा भएपनि कर्मचारी नियुक्ति भने वढ्दो मात्रामा रहेको छ ।

यता मेयर साम्पाङले पनि आफ्ना आफन्त र समर्थकलाई नियुक्ति गर्ने तयारी गरेको वुझिएको छ ।

सो विषयमा उपमेयर वेघाले भने नगरपालिकाले कर्मचारीको लागि विज्ञापन गरेको वताउदै सो विषयमा आफूले कुनै चासो नदिएको दावी गरेकाछन् ।

उनले योग्य दक्ष र अनुभवी कर्मचारी नियुक्ति हुनेमा आफू विस्वस्त रहेको वताए । जो सुकै आएपनि कार्यालयलाई चाहीने योग्य र दक्ष कर्मचारी आउनु पर्नेमा वेघाले भनाई रहेको छ ।

धरान नगरपालिकाका नगरप्रमुख हर्कराज राईसंग ९८५२०४५६०० मा वारम्वार सम्पर्क गर्न खोज्दा फोन उठेन ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic