नगरपालिका कर्मचारी नियुक्तिमा जनप्रतिनिधिवीच भागवण्डा

  • साउन १०, २०८०
  • ११,३४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ साउनः धरान नगरपालिकाद्धारा केही दिन अघि प्रकाशन गरेको कर्मचारी विज्ञापनमा जनप्रतिनिधिवीच भागवण्डा रहेको वुझीएको छ ।

धरान नगरपालिकाद्धारा आव्हान गरीएको २७ जना कर्मचारीको विज्ञापनमा जनप्रतिनिधिहरुवीच भागवण्डामा मिलेमते गरीएको हो ।

नगरपालिकाले केही दिन अघि ६ जना नगर प्रहरी, १५ जना सरसफाई कर्मचारी,३ जना मालि र २ जना सुरक्षा गार्डको लागि आवेदन माग गरेको थियो ।

जसमा नगरप्रमुख हर्कराज राई र उपमेयर अइन्द्र विक्रम वेघा र केही वडाध्यक्षहरुमा भागवण्डामो मिलेमतो भएको स्रोतको दावी रहेको छ ।

पार्टीका केही कार्यकर्ताले योग्य दक्ष र विपन्न परिवारका सदस्यका लागि सिफारिस गर्दा उपमेयर वेघाले आफूले गर्न नसक्ने जवाफ दिएको ती कार्यकर्ताको भनाई रहेको छ ।

उपमेयरले २ जना कार्यकर्तालाई मात्रै च्यापेर हिडेको र पाटीैको कुनै कुरा नमानेको भन्दै पार्टी भित्र व्यापक असन्तुष्टि श्रृजना भएको वुझिएको छ ।


उपमेयर वेघाले कर्मचारी नियुक्तिमा मनोपली गरेको पनि पार्टीको आरोप रहेको छ ।नगर प्रहरी पदमा नियुक्ति करारमा रहने छ भने अन्य पदहरुमा ज्लादारीको रुपमा नियुक्त गरीनेछ ।

आन्तरीक आयआर्जन घट्दो मात्रामा भएपनि कर्मचारी नियुक्ति भने वढ्दो मात्रामा रहेको छ ।

यता मेयर साम्पाङले पनि आफ्ना आफन्त र समर्थकलाई नियुक्ति गर्ने तयारी गरेको वुझिएको छ ।

सो विषयमा उपमेयर वेघाले भने नगरपालिकाले कर्मचारीको लागि विज्ञापन गरेको वताउदै सो विषयमा आफूले कुनै चासो नदिएको दावी गरेकाछन् ।

उनले योग्य दक्ष र अनुभवी कर्मचारी नियुक्ति हुनेमा आफू विस्वस्त रहेको वताए । जो सुकै आएपनि कार्यालयलाई चाहीने योग्य र दक्ष कर्मचारी आउनु पर्नेमा वेघाले भनाई रहेको छ ।

धरान नगरपालिकाका नगरप्रमुख हर्कराज राईसंग ९८५२०४५६०० मा वारम्वार सम्पर्क गर्न खोज्दा फोन उठेन ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic