बराह नगरपालिकाका मेयरको हर्कत विरुद्ध पत्रकार महासंघ

  • साउन १०, २०८०
  • ३,५९३ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,१० साउनःः नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य सुविन विश्वकर्मालाई दिएको ज्यान मार्ने धम्की प्रति पेसागत पत्रकार संगठनहरुले विरोध जनाएकाछन् ।

सुनसरीमा संवद्ध पत्रकार संगठनहरुले छुट्टा छु्ट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा एवम् भत्सना गरेका हुन् ।

उनीहरुले समाचार लेखेको विषयमा ज्यान मार्ने दिएको धम्की प्रति आपती जनाउँदै गंभीर ध्यानाकषण भएको समेत जनाएको छन् ।

छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरीले सहसचिव भोला श्रेष्ठद्धारा हस्ताक्षति विज्ञप्तिमा समाचार लेखेकै कारण सुरक्षित रुपमा लेख्न र वोल्न पाउने अधिकार असुरक्षित भएको उल्लेख छ ।

महासंघले कुनैपनि प्रकाशित समाचारमा चित्त नवुझे खण्डन गर्ने वा कानुनी प्रकृयामा जाने विधि हुदा हुदै पनि प्रकाशित समाचारलाई लिएर बाहुबल हुनुमा महासंघ असहमत प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

धम्कीपूर्ण कार्यको घोरभत्सना गर्दै महासंघ पत्रकार सुविन विश्वकर्माले स्वतन्ततापूर्वक पत्रकारीता गर्ने वातावरणको सिर्जना गराउन सरोकारवाला सवैमा हार्दिक अपिल गर्दछ श्रेष्ठद्धारा विज्ञप्तिमा भनिएको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति,प्रेस चौतारी सुनसरी समितिले पनि घटनाको निन्दा गर्दै दोषिमाथि कार्वाहीको माग गरेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति,प्रेस चौतारी वराहक्षेत्र नगर समितिले पनि कोशी प्रदेश समितिका महासचिव विवेक गौतमले विज्ञप्ति जारी गरी घटना निन्दा एवम् भत्सना गरेकाछन् । पीडित पत्रकारले निर्वाध रुपमा समाचार लेख्न वातावरण निर्माण गरीदिन सरोकारवालाहरु समक्ष माग गरेको छ ।

चौतारीका अध्यक्ष शुभद्रा प्याकुरेल र प्रेस संगठनका अध्यक्ष तिर्थ कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा समाचार लेखेकै निहुँमा ज्यान मार्ने दिएको धम्की प्रेस स्वतन्त्रता माथि नै गंभीर प्रहार भएको भन्दै दोषी उपर कार्वाहीको माग समेत गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘समाचारको विषयमा आपती भएको खण्डमा कानुनी पाटो समेत रहेको छ,धाक धम्की अभिव्यक्ति स्वतन्त्रता दवाउन खोजिएको कार्य प्रति आपती रहेको छ ।’ साथै निरन्तर रुपमा पत्रकारिताको क्षेत्रमा रहेका पत्रकार विश्वकर्मालाई गरिएको धम्की र व्यवहार प्रति माफि माग्न समेत भनिएको छ ।

बराहाक्षेत्रका पत्रकार विश्वकर्मालाई समाचार लेखेको विषयमा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले हिजो घरमै गएर धम्की दिएका थिए ।मेयर कार्कीका विषयमा पत्रकार विश्वकर्माले हिजो हाम्रो शब्द अनलाइनमा अपरिपक्व मेयर,जो आलोचना सहँदैनन् भन्ने शीर्षकमा समाचार लेखेका थिए ।

समाचार प्रकाशित मेयरका सचिवालय सदस्य सुरज क्षेत्रीले फोन मार्फत भेटेर कुरा गर्ने भन्दै धम्की दिएको पत्रकार विश्वकर्माले बताए । तर पत्रकार विश्वकर्माले भेट्न नमानेपछि क्षेत्रीले ‘तिमी बढी भयौ बसेर लामो कुराकानी गर्नु पर्ने छ’ भन्दै फोन काटेको वताइएको छ ।

धम्की दिइएको अडियो समेत सार्वजनिक भएको छ ।क्षेत्रीले घरैमा पुगेर पनि हात खुट्टा भाँचिदिन्छु’ भन्दै धम्क्याएका वताइएको छ ।

पत्रकार विश्वकर्माले आफु असुरक्षित भएको वताएकाछन् । उनले अझै पनि मेयरको समाचारको विषयमा बारम्बार धम्की आइरहेको उनले वताए । उनले धम्की आउन रोकिएको छैन,पटक–पटक धम्की दिने गरिएको छ,,परिवारमा समेत तनाव श्रृजना भएको छ उनले भने ।

त्रासका कारण परिवार नै विक्षिप्त वनेको विश्वकर्माको भनाई रहेको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic