ज्यादति गरे प्रतिवाद गर्ने संघर्ष समितिको हर्क साम्पाङलाई चेतावनि

  • साउन ११, २०८०
  • २,४९४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,११ साउन ः यतिवेला धरान– ४ स्थित छोटी मोरङ क्षेत्रको जग्गामा विवाद तिव्र रुपमा वढन थालेको छ ।

धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राईले सर्दु जलाधारको जग्गा भन्दै व्यक्तिको नाममा रहेको जग्गामा विरुवा रोपेपछि विवाद शुरु भएको हो

धरान– ४ छोटी मोरङमा दुई साता अघि मेयर साम्पाङले आफ्ना केही समर्थकको साथमा गएर धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीको स्काई एन्भेचर प्रालिको नामबाट सञ्चालन गरेको प्लाराग्लाइडिङ उडान गर्ने स्थानमा वृक्षरोपण गरेपछि विवाद चर्किएको हो ।

सर्दुजलाधार क्षेत्रमा भएको जग्गा भएपनि अदालतको फैशलाको पूर्ण पाठ आइसकेको अवस्थामा शनिवार रोजिना अधिकारी र मथुरा अधिकारीको नाममा रहेको जग्गामा साम्पाङ सहित पुगेको उनको समर्थकहरुले वृक्षारोपण गरेका थिए ।

छोटी मोरङ धरान ४ का पीडित २७२ घर परिवारले विहीबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुको नीजि जग्गामा समेत साम्पाङले विरुवा रोप्ने तयारी गरेको जानकारी आएको वताए ।

उनीहरुले अदालतको आदेशको अवज्ञा तथा मानहानी गर्दै जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्ने कामलाई मेयर हर्क साम्पाङले अबिलम्व रोक्नुपर्नेमा जोडदिएकाछन् ।

छोटी मोरङ जग्गा पीडित संघर्ष समिति संयोजक कर्णबिक्रम लिम्बुले अदालतको फैसलालाई शिरोपर राखी व्यक्तिको जग्गामा वृक्षरोपण गर्ने कार्य रोक्न मेयर साम्पाङलाई आग्रह गरे ।

उनले आफूहरुलाई स्थानीय सरकारले न्याय दिन नसकेको बताउदै आफूहरुमाथि भूमाफिया जस्तो गम्मीर शब्द प्रयोग गरेको प्रति आपत्ति प्रकट गरे ।

सर्वोच्च अदालतले समेत एक बर्ष अगाडि अर्गाथ २०७९ माघ २४ गते गते पूर्ण फैसला नहुन्जेल सर्दु जलाधार क्षेत्रभित्र पर्ने जग्गालाई यथास्थितिमा राख्ने आदेश दिइसकेको अवस्थामा स्थानीय सरकार प्रमुख हर्क साम्पाङको नेतृत्वमा नीजि जग्गाा वृक्षारोपण गर्ने कार्यलाई अलिम्ब रोक्न मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा संघर्ष समितिका सदस्य एवम् जग्गा धनी, पर्बत राई ,मदन राई,गीता कार्की लगायतले सर्वोच्च निकाय सर्वोच्च अदालतको आदेश सबैले पालना गर्नुपर्ने र अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिनुपर्ने बताएका थिए ।
पर्वत राईले नीजि जग्गामाथिको हस्तक्षेप कदापी स्विकार्य नहुने वताउदै शक्तिको उन्माद गरेर अराजक गतिविधि गरे कडा प्रतिवाद गर्ने चेतावनि दिएका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic