जातीय विभेद विरुद्ध धरानमा दलितहरुको खवरदारी

  • साउन १४, २०८०
  • ३०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ साउनः जातीय विभेद विरुद्ध धरानमा दलित अधिकारकर्मीहरुले खवरदारी गर्दै बझाङ जिल्लाका दलित माथि गरेको अन्यायलाई राज्यले न्याय नदिएको खण्डमा देश व्यापी रुपमा आन्दोलन गर्ने चेतावानी दिएका छन् ।

भानुचौकमा दोषी उपचार कार्वाही नगरिए र पीडितलाई न्याय नदिए देशैभरका दलितहरु आन्दोलित हुने चेतावानी दिएका हुन् । कोण सभा कार्यक्रममा प्रमुख वक्ताको रुपमा वोल्दै दलित अधिकारकर्मी तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवम् सिल्पी विशेष समितीका सह–संयोजक दल मर्दन कामीले बझाङमा भएको दलित माथि गरिएको घट्नाले देशैभरका दलितहरु सहेर नवस्ने र पीडितलाई न्याय दिनको लागि देशैभरका दलितहरु आन्दोलित हुने चेतावानी दिनु भयो ।

DALIT NEWS =2

उहाँले भन्नु भयो,‘संविधान र कानुन व्यवहारतह अझै पनि कार्वान्वयन हुन सकेको छैन,दलितहरुलाई राज्यले नै उपेक्षा गरेको छ , पटक पटक दलितहरुलाई विभेद र जातीका आधारमा गरिने अमानवीय व्यवहारमा राज्य समेत उदासिन भएको छ,संविधान र कानुन कार्यान्वयन नगरेको खण्डमा फलाम कुट्ने दलितहरु अव चुप लागेर वस्दैन।’

कार्यक्रमा राजनीतिक दलका प्रतिनिधीहरुले समेत प्रतिवद्धता जनाएका थिए भने दलितहरु मथि भएको विभेद र घट्नाका विषयमा न्याय दिलाउनको लागि प्रतिवद्धता समेत जनाएका छन् ।

जनता समाजवादी पार्टी नेपालका धरान उपमहानर अध्यक्ष ताजुव लिम्बुले बझाङ्ग घटनाका दोषीलाई कार्वाही गर्नको लागि माग गर्नु भएको छ । उहाँले भन्नु भयो,‘घर भत्काउनेलाई राज्यले हदैसम्मको कडा कारबाही गर्नुपर्दछ र घर पुनः निर्माण गरि न्याय दिलाउनु पर्छ।’

त्यसै गरि दलित अधिकारकर्मी भविन्द्र विश्वकर्माले नेपालको संविधान र कानुनलाई राज्यले कार्यान्वयन गर्न नसक्दा दलितहरुमाथि सदियौंदेखि जातीय विभेद र छुवाछुत अनि अन्यायको घट्ना भएको भन्दै राज्यप्रति आक्रोस पोख्नु भएको छ । उहाले पश्चिममा दलितहरु मथि हत्या हिंसा र विभेद घट्नाले ठुलो रुप लिन थालेको भन्दै अव दलितहरु च्ुप लागर नवस्ने उद्घोष गर्न भएको छ ।

दलित अधिकारकर्मी विजय आछामीले वझाङमा दलित माथि भएको घट्नाको दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्नु भएको छ । पीडित उपर राज्यले क्षतिपुर्ति समेत दिएर न्याय दिलाउन पनि माग गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेश सिल्पी विशेष समितीले बझाङ जिल्लाको बित्थडचिर–७ मा भएको घटना तथा पछिल्लो समयमा झुठा मुद्दामा फसाईएका दलितहरुको रिहाईको माग गरिएको प्रेस बिज्ञप्ति पनि जारी गरेको छ ।

बझाङमा भएको घट्ना के हो

विज्ञप्तीमा बझाङ्ग जिलाको वित्थडचिर गा।पा।वडा नं ७ बस्ने दलित थरका पुड्के ओखेडाले बिगत २५ बर्षदेखि भोगच लन गर्दै आएको आफ्नै जग्गामा घर वनाउँदा त्यहाँका उपल्लो जातिका मानिसहरूले दलित भएकै कारण तथानाम गाली गलौज गरि बालीनाली समेत नष्ट गरि तलाई हामी भन्दा माथी बस्ने अधिकार छैन भन्दै गाउँ नै मिलेर घर पूर्ण रुपमा नष्ट गरिदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र ६० लाख शिल्पी दलित समुदाय माथी भएको अन्याय अत्यचारको घोर निन्दा प्रेस बिज्ञप्तिमा उल्लेख छ।
दलित समुदायका ओखेडा परिवार लगायत देशैभरी भैरहेका जातीय छुवाछूत तथा विभेद,झुठा मुद्दामा फसाउने,हत्या हिंसा शृङ्खलाबद्ध रुपमा घटाईनु खेदजनक रहेको सचिव शशीकुमार विश्वकर्मा र अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic