उद्धव थापा मुख्यमन्त्रीमा पुनः नियुक्त

  • साउन १६, २०८०
  • ४,५५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ साउनः सत्ताा गठवन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा पुनः नियुक्त भएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका रहेका थापा गठवन्धनको तर्फबाट वहुमत पेस गर्दै मुख्यमन्त्री वनेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि बहुमत पुगेको थियो ।कोशी प्रदेशमा एमाले ४० तथा राप्रपा ६ संसद रहेकाछन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघि सभामुखको हस्ताक्षरसहित सरकार गठन गरेको कारण २२ दिनमै उनलाई सर्वोच्च अदालतले मुख्यमन्त्रीबाट बर्खास्त गराएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic