कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ

  • साउन १७, २०८०
  • १,५४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउनः मुख्यमन्त्रीमा शपथ लिएसंगै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् ।

मुख्यमन्त्री थापाले गठवन्धन दलका एक एक जना पर्ने गरी ३ जनाको मन्त्री परिषद वनाएका हुन् ।

मुख्ँयमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकास मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् ।

सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् भने जवेगु पाथचरबाट निर्वाचित सांसद हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा बुधबार थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि सपथ लिएका हुन् ।

थप मन्त्री परिषद विस्तार भने विश्वासको मत लिएपछि मात्र गरीने भएको छ । मुख्यमन्त्री थापाले मंगलवार मात्र शपथ लिएका थिए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic