तेह् नम्वर वडाबाट निःशुल्क डेङगु शिविर संचालन

  • साउन २०, २०८०
  • १,०५२ पटक पढिएको
  • छाल खबर

छाल खवर

धरान,२०साउनः धरान उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयले निःशुल्क डेङगु उपचार सेवा सञ्चालन गरेको छ ।

धरानमा महामारीकोका रुपमा दिनप्रतिदिन फैलिरहेको डेङगु महामारी रोग नियन्त्रण तथा रोकथामको लागी वडाले निःशुल्क उपचार सेवा संचालन गरेको हो ।

वडाको आफनै पहलमा साउन १५ गतेबाट निःशुल्क डेङगु उपचार सेवा दिईरहेको वडाध्यक्ष नेत्र काफ्ले जानकारी दिएकाछन् ।

वडाध्यक्ष काफलेले डेङगु महामारी रोगले बिरामीको चाप अत्याधिक भए पश्चात १३ नं।वडावासीहरुलाई उपचारमा सहज र सुुविधा प्रदान गर्न वडाको बालसञ्जाल भवनमा अस्थाईरुपमा निःशुल्क उपचार कक्ष सञ्चालन गरिएको बताए ।

शिविरमा दैनिक लगभग ७० देखि ८०जना जनताले सेवा लिन आईरहेको र हाल सम्म लगभग २ सय ५ जनाले उपचार लिईसकेका छन ।

शनिबार मात्रै उपचार कक्षमा ७८ जना निशुल्क उपचार गर्न आएको साथै बिरामीललाई समेत उपचार भन्दा बढी निशुल्क औषधी वितरण गरिएको वडाअध्यक्ष काफलेले बताए ।

शिविर १३ नं। वडावासीकालागि मात्र वडाले सञ्चालन गरेको भएतानि विभिन्न वडावासीहरु आउने भएकाले सेवा सुविधा दिईरहेकोे बताए ।

आँखा पाक्ने रोग आएपछि हाल आँखा शिविर समेत सञ्चालन गदै निशुल्क सेवा समेत दिएको वडाअध्यक्ष काफलेले बताए । धरान ८ मा रहेको खुशी आखा अस्पतालले बिहान १० बजे देखि साझ ५ बजे सम्म आखा शिविर सञ्चालन भै रहेको छ ।

डेङगु महामारी रोग नियन्त्रण तथा रोकथामका नभईन जेल सम्म डेङगु निशुल्क शिविर र आखा शिविर सञ्चालन गरिने वडाअध्यक्ष काफलेले बताए । अन्य वडाले भने शिविर संचालन गर्न सकेका छैनन् । नगरपालिकाले भने डेंगु रोगको परिक्षणका लागि सभागृहका निःशुल्क शिविर नै संचालन गर्दै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic