भारत जान थालेपछि धरानमा टमाटर महंगो

  • साउन २२, २०८०
  • १६,६२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ साउन ः धरानमा टमाटरको मुल्य आकासिएकोले धेरै उपभोक्ताले खरीद गर्न समस्या भएको छ ।

बजारमा ट्माटरको भाउ आकाशिएसगै प्रतिकिलो १७० देखि १८० सम्म व्यापारिले विक्रि गर्ने गरेकाछन् ।

धरानमा पहाडी क्षेत्रहरु धनकुटाको मौनबुधुक,महाभारत,तेह्रथुम जस्ता स्थानहरुबाट आउने गरेको छ ।

धनकुटा र तेह्रथुमबाट धरान १३ स्थित कृषिबजारमा दैनिक ३० ट्न ट्माटर आयात गरिन्छ भने धरान बजारमा २० ट्न खपत हुने गरेको कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

टमाटरको बजारमा थोक मूल्य नै प्रतिकिलो १३० रहेको छ भने बजारमा खुद्रा मुल्यमा व्यापारिले मनपरी मूल्य गरेको बताए ।

व्यवस्थापक भट्टराईले नेपालि टमाटरले भारतिय बजारमा भाउ राम्रो पाएकाले टमाटर भारतिय बजार निर्यात हुन थालेको बताए ।

वर्षादको समयमा टमाटरको मूल्य वृद्धि हुने भएता पनि यो वर्ष भारतिय बजारमा ट्माटर धरान कृषिबजारबाट दैनिक १० ट्न टमाटर भारतमा निर्यात हुन थालेको सगै धरानमा टमाटरको मुल्यमा अत्याधिक वृद्धि भएको साथै अघिल्लो बर्षबजारमा आपूर्ति कम हुन साथ भारतिय बजार आयात हुने तर यस बर्ष नेपाल सरकारले कृषि जन्य बस्तुमा आयातमा रोक्क लगाएकोले बजारमा ट्माटरको अत्याधिक मूल्य वृद्धि भएको व्यवस्थापक भट्टराईले बताए ।

व्यवस्थापक भट्टराईका अनुसार विगत वर्षहरुमा टमाटर भारत जाने गरेको थिएन तर यस वर्ष भने भारत गएकोले मुल्यमा विगत वर्षभन्दा वृद्धि भएको होे ।

स्थानिय सरकार धरान उपमहानगरपालि मौन भै बजार अनुगमन समयसापेक्ष नहुदा जनता प्रत्यक्ष मारमा परेका छ्न । सामाजिक सञ्जालमा भने ट्माटरको मुल्य वृद्धि प्रतिकिलो १८० भए सगै चर्को बिरोध चलिरहेको छ अनुगमन कस्ले गर्ने जनता मारमा छ भन्दै थुप्रै आलोचना भएको पाईन्छ ।

भारतिय बजारमा ट्माटर निर्यात भए सगै किसानहरुले बोट्मै प्रतिकिलो ११० पाएकोले खुशी भएको सहिदभुमी गाउपालिका वडा नम्बर ६ का कृषक हरी राईले बताए । किसानले टमाटरमा जस्तै भाउ पाए अरु कृषि जन्य सामानमा पाए नेपालमै पनि बसेर खेती गर्न सकिने बताए ।

धरान २ का खुद्रा व्यापारी दिपेन्द्र चौधरीले टमाटर प्रतिकिलो १८० का दरले विक्रिभईरहेको वताए । खरीद नै महंगो भएकोले त्यही अनुसार विक्रि महंगो भएको उनको भनाई रहेको छ ।

नेपाल कृषिप्रधान मुलुक भएतापनी युवा जनशक्तिलाई कृषि प्रतिको मोह नहुदा जग्गा बाझो रहेको छ भने बसाइँसराइका कारण पहाड रित्तो भएको छ । खेतो योग्य जमिन बाझो रहेको कारण खाद्यन्न अभाव समेत भएको छ ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic