शहिद स्कुलमा कक्षा ११ मा पढने विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा

  • साउन २६, २०८०
  • ११,४७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ साउनः शहिद स्मृति माध्यामिक विद्यालय धरान–८ ले कक्षा ११ मा पढने विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा दिने भएको छ ।

स्कुलले शुक्रवार पत्रकार सम्मेलन गरी स्कुलले दिने लागेको कम्प्युटर शिक्षा सम्वन्धि कोर्ष दिन लागेको जानकारी गराएको हो ।

स्कुलका प्रधानाध्यापक रामबहादुर विष्टले कक्षा–११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई अतिरीक्त समयमा कम्प्युटर कोर्ष समेत गराउन लागेको जानकारी दिएका थिए ।

शहिद स्कुलमा यस वर्षदेखि प्राविधिकधार तर्फको कम्प्युटर इन्जिनियरीङ विषयमा कक्षा ९ देखि कक्षा १२ सम्मको ४ वर्षे प्राविधिकधार कार्यक्रम संचालनमा ल्याएको छ ।

स्कुलमा कक्षा ९ मा इन्जिनियरीङ विषय पढाउनका लागि १ जना कम्प्युटर इन्जिनियर र १ जना सहायक इन्जिनियर नियुक्ति समेत गरीएको छ ।

स्कुलमा कक्षा ११मा वाणिज्य संकायमा पढाई हुने गरेको छ । स्कुलमा पढने विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको ज्ञान लिनको लागि वाहिर कुनै प्राइवेट संस्थाहरुमा गएर शिक्षा लिनुपर्नेृ वाध्यता भएकोले स्कुलले सो कोर्ष गराउन लागेको स्कुलका प्रवक्ता राजन बनले जानकारी दिएकाछन् ।

उनले भने –वाहिर प्राइवेट संस्थाहरुले महंगो शुल्क लिएर सीमित समय मात्र दिने गरेकाछन् तर हामीले कम्प्युटर इन्जिनियरहरुबाटै विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिनेछौं ।

स्कुलले विद्यार्थीहरुलाई कम्प्युटर कोर्ष गरे वापत छुट्टै प्रमाण–पत्र समेत दिने प्रधानाध्यापक विष्टले जानकारी दिए । कम्प्युटर इन्जिनियरीङ विषय धरानमा पहिलो पटक शहिद स्मृति मा.वि.मा संचालन भएको छ ।

प्रवक्ता बनका अनुसार स्कुलमा विद्यार्थीहरुका लागि कम्प्युटर अभ्यास गर्नको लागि दुइवटा कम्प्युटर ल्याव कोठाको व्यवस्था रहेको छ ।

एउटामा २४ बटा व्राण्डेड कम्प्युटर ल्याव सहितको ल्याव रहेको छ भने अर्कोमा २४ वटा एसएमवल कम्प्युटर ल्याव रहेको बनले जानकारी दिएकाछन् ।

कक्षा ११ मा पढने विद्यार्थीहरुले वाणिज्य संकायको पढाईको अतिरिक्त कम्प्युटर शिक्षाको समेत स्पेशल कोर्ष लिन पाउने सुविधा स्कुलले उपलव्ध गराउन लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य भोला श्रेष्ठले जानकारी दिए ।

 

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic