चुम्लुङको धरान नगर अध्यक्षमा तीर्थ मादेम्बा निर्वाचित

  • साउन २८, २०८०
  • १४,१३१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२८ साउन ः किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समिति नवौ नगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा तीर्थ मादेम्बाको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्षका अर्का प्रत्याशी रिता खापुङले उम्मेदवारी फिर्ता लिएपछि मादेम्बा सर्वसम्मत निर्वाचित भएका थिए ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ललिता नेम्वाङ, सचिवमा बालकृष्ण सिंगक, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवजुङ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुमित्रा लिम्बु, होमन्त लिम्बु, आहा मचा लिम्बु, भरत लिम्बु, अम्बरबहादुर लाबुङ, पवित्र हुम्पाचोङबाङ छन् ।

त्यसैगरी प्रमीला येङदेन, पञ्चमाया योङहाङ, गौरीकला सुम्बा, भुवन हाङगाम, विन्दु तुम्बाहाङफे, रामकुमारी हुक्पाचोङबाङ, राजेन्द्र लाबुङ, प्रेम मादेन, राजकुमार फागो चोङबाङ, मनकुमार लाबुङ छन् ।

अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा ११ पुरुष १० महिला छन् ।

यसअघि धरान–१५ स्थित चुम्लुङमा आयोजित समारोह बिच चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा।कमल तिगेला लिम्बुले अधिवेशनको उद्घाटन गरेका थिए ।

उनले कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलन अहिले पहिचानको मुख्य सङ्घर्ष भएको बताउँदै लिम्बुवान, किरात चुम्लुङको बटम लाइन भएको उल्लेख गरे ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic