मेयर हर्क साम्पाङका विश्वास पात्र रमेश बान्तवा राई साइबर अपराधको आरोपमा पक्राउ

  • साउन २९, २०८०
  • ५,०५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ः धरानका मेयर हर्क साम्पाङका विश्वास पात्र मानिएका रमेश बान्तवा राई सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई धरान–५ देउराली स्थित उनको घरबाट आइतबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रणमा लिएको बताएकाछन् ।
केही समय अघि धरान–४ स्थित छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।
जग्गा पीडित राईले गत साउन १५ गते साइबर क्राईम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा जिल्ला कार्यालय साइबर ब्युरोको टोलीले साइवर अपराधमा राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
राई मेयर साम्पाङलाई कुनै समय पार्टी खोल्न उकास्ने व्यक्ति हुन । जसको उस्काहटमा साम्पाङले एकता संजाल नामक संस्था स्थापना गरेका थिए । सोही संस्थालाई पार्टीको रुपमा अघि वढाउने तयारी समेत गरेका थिए । तर उनले पछि पार्टी भने खोलेका थिएनन् ।
राई युनिटी नामक नेटवकिङ व्यवसायमा समेत लागेर धेरै मानिसलाई डुवाएको आरोप लाग्दै आएको छ ।केही महिना अघि साम्पाङले राईलाई धरान नगरपालिाको राजश्व संकलनमा जागिरे नियुुक्ति गरेका थिए ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic