मेयर हर्क साम्पाङका विश्वास पात्र रमेश बान्तवा राई साइबर अपराधको आरोपमा पक्राउ

  • साउन २९, २०८०
  • ५,१६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ः धरानका मेयर हर्क साम्पाङका विश्वास पात्र मानिएका रमेश बान्तवा राई सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई धरान–५ देउराली स्थित उनको घरबाट आइतबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रणमा लिएको बताएकाछन् ।
केही समय अघि धरान–४ स्थित छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।
जग्गा पीडित राईले गत साउन १५ गते साइबर क्राईम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा जिल्ला कार्यालय साइबर ब्युरोको टोलीले साइवर अपराधमा राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
राई मेयर साम्पाङलाई कुनै समय पार्टी खोल्न उकास्ने व्यक्ति हुन । जसको उस्काहटमा साम्पाङले एकता संजाल नामक संस्था स्थापना गरेका थिए । सोही संस्थालाई पार्टीको रुपमा अघि वढाउने तयारी समेत गरेका थिए । तर उनले पछि पार्टी भने खोलेका थिएनन् ।
राई युनिटी नामक नेटवकिङ व्यवसायमा समेत लागेर धेरै मानिसलाई डुवाएको आरोप लाग्दै आएको छ ।केही महिना अघि साम्पाङले राईलाई धरान नगरपालिाको राजश्व संकलनमा जागिरे नियुुक्ति गरेका थिए ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic