विपन्न परिवारलाई प्रहरी श्रीमतीसंघद्धारा झुुल वितरण

  • साउन ३०, २०८०
  • ३,५९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले डेङ्गु प्रभावितहरुको निम्ति धरानमा झुल सहित लामखुट्टेका टोकाईबाट वच्नको लागि अन्य सामाग्रीहरु वितरण गरेको छ ।

संघले धरान १७ का अति विपन्न परिवारलाई सामाग्री वितरण गरेको हो ।

वडा सचिव शिशिर श्रेष्ठले १सय ७० घर परिवारलाई झुल वितरण गरिएको वताए ।

उनका अनुसार वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावाली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको हो ।

धरान १७ नम्बर वडा अति डेङ्गु प्रभावित वडा भएकाले पनि वडावासीलाई झुल,लामखुट्टे धपाउने धुप र मल्हम प्रदान गरिएको संघका सचिव नेपालले बताइन ।

वडा कार्यालयका अनुसार पहिलो चरण कार्यक्रम अन्र्तगत डेङ्गुबाट वच्नको लागि झुल वितरण गरिएको छ । क्रमस झुल वितरण गर्दै जाने वताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलको प्रमुख आतिथ्यतामा झुल वितरण गरिएको थियो ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic