सुनाखरीका बिद्यार्थीद्धारा पुनस्थापना गृहमा खाना

  • भदौ १, २०८०
  • २,९९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ भदौंः सुनाखरी एकेडेमी धरान–१२ का बिद्यार्थीहरु पढाईका अतिरिक्त सामाजिक सेवामा समेत सकृय रहेकाछन ।

विद्यार्थीहरुले धरान–१ छाता चोक स्थित पुनस्थापना गृहमा पुगेर असहाय तथा अनाथहरुलाई खाना पकाएर खुवाई सामाजिक सेवामा सकृय रहेका हुन् ।

सुनाखरी बाल क्लब र सुनाखरी स्काउटमा आबद्ध बिद्यार्थीहरुले शुक्रबार सामुहिक रुपमा खाना पकाएर गृहका ३२ जनालाई खाना खुवाएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताउनु भयो ।

sunakahari news phjoto= 2

सो कार्यमा धरान वडा नम्बर १२ को समेत सहयोग रहेको प्रिन्सिपल राईले बताउनु भयो ।

बिद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभाही गराई सामाजिक सेवाको भावनाको बिकास गराउने उद्येस्यले समय समयमा यस्ता कार्यहरु गरिदै आएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

क्लबका अध्यक्ष प्रतीक खापुङ्ले गृहका संचालक भिम राईलाई स्टेसनरी सामाग्री र जुस हस्तान्तरण गरेका थिए ।

सामुहिक रुपमा सबैजना मिलेर यहाँ आई खाना पकाएर असहायहरुलाई खुवाउन पाउँदा धेरै खुशी लागेको क्लबका अध्यक्ष खापुङले बताए।

पुनस्थापना गृहमै आएर खाना पकाएर खुवाउनुका साथै जुस र स्टेसनरी सामग्री प्रदान गरेकोमा गृहका संचालक राईले स्कुललाई धन्यवाद ज्ञापन गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic