मेरो सहकारीको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित

  • भदौ १७, २०८०
  • ४,७०० पटक पढिएको
  • छाल खबर

छाल खवर 

धरान, १७ भदौं ः मेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ साधारण सभाले उद्धव लिम्बू लुङ्वालाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ ।

अधिवेशनले कार्यसमिति उपाध्यक्ष लक्ष्मी प्रधानलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरूमा जीवन राई, सम्फर तामाङ, दया राई, शशिकला राई, हरिबहादुर तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजक खेम रनपहेली, सदस्यमा सुजा सुब्बा निर्वाचित भएको निर्वाचन अधिकृत बलराम राईले जानकारी दिए । सभाले लिम्वुुको अध्यक्षतामा ९ जनाको कार्यसमिति पुनर्गठन गरेको हो ।

निर्वाचन समितिमा संयोजक बलराम राई र सद्स्यहरुमा सुदर्शन श्रेष्ठ,रश्मि प्रधान थिए । प्रमुख अतिथि जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठले धरान उपमहानगरपालिकाले स्थानीय सहकारी ऐन २०७५ को दफा ६१ लागू गरेको भएता पनि हाल सम्म ऐन कार्यान्वयन नभएकाले सहकारीमा आर्थिक तरलता उत्पन्न भएको बताए ।

सहकारीका अध्यक्ष लिम्बुले आगामी ४ वर्ष भित्र नेपाल सरकारको युवा स्वरोजगार तथा साना व्यवसायी कोषका कार्यक्रम ल्याउने, आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बचत सङ्घ उपाध्यक्ष ममता तमोट, कृति सहकारी अध्यक्ष सुमन श्रेष्ठ शुभकामना दिए ।

सहकारीमा ४१२ जना शेयर सदस्य रहेका छ्न भने ०७८÷०७९ मा १ करोड १५ लाख उन्न्पचास हजार नौ सय शेयर पुजि रहेको छ । यस बर्ष एक करोड पन्ध्र लाख ६६ हजार मात्र पुजि रहेको छ भने सहकारीले ३ करोड ६१ लाख ८० हजार ३ सय ५४ रुपैयाको निक्षेप सङकलन गरेको छ ।

यस वर्ष १ लाख ४५ हजार २ सय १७ रुपैया मात्र नाफा गर्न सकिएको खासै सफल नभएको अध्यक्ष लिम्बुले बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic