मेरो सहकारीको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित

  • भदौ १७, २०८०
  • ४,४७२ पटक पढिएको
  • छाल खबर

छाल खवर 

धरान, १७ भदौं ः मेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ साधारण सभाले उद्धव लिम्बू लुङ्वालाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ ।

अधिवेशनले कार्यसमिति उपाध्यक्ष लक्ष्मी प्रधानलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरूमा जीवन राई, सम्फर तामाङ, दया राई, शशिकला राई, हरिबहादुर तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजक खेम रनपहेली, सदस्यमा सुजा सुब्बा निर्वाचित भएको निर्वाचन अधिकृत बलराम राईले जानकारी दिए । सभाले लिम्वुुको अध्यक्षतामा ९ जनाको कार्यसमिति पुनर्गठन गरेको हो ।

निर्वाचन समितिमा संयोजक बलराम राई र सद्स्यहरुमा सुदर्शन श्रेष्ठ,रश्मि प्रधान थिए । प्रमुख अतिथि जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठले धरान उपमहानगरपालिकाले स्थानीय सहकारी ऐन २०७५ को दफा ६१ लागू गरेको भएता पनि हाल सम्म ऐन कार्यान्वयन नभएकाले सहकारीमा आर्थिक तरलता उत्पन्न भएको बताए ।

सहकारीका अध्यक्ष लिम्बुले आगामी ४ वर्ष भित्र नेपाल सरकारको युवा स्वरोजगार तथा साना व्यवसायी कोषका कार्यक्रम ल्याउने, आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बचत सङ्घ उपाध्यक्ष ममता तमोट, कृति सहकारी अध्यक्ष सुमन श्रेष्ठ शुभकामना दिए ।

सहकारीमा ४१२ जना शेयर सदस्य रहेका छ्न भने ०७८÷०७९ मा १ करोड १५ लाख उन्न्पचास हजार नौ सय शेयर पुजि रहेको छ । यस बर्ष एक करोड पन्ध्र लाख ६६ हजार मात्र पुजि रहेको छ भने सहकारीले ३ करोड ६१ लाख ८० हजार ३ सय ५४ रुपैयाको निक्षेप सङकलन गरेको छ ।

यस वर्ष १ लाख ४५ हजार २ सय १७ रुपैया मात्र नाफा गर्न सकिएको खासै सफल नभएको अध्यक्ष लिम्बुले बताए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic