नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा निःशुल्क होटल म्यानेजमेन्ट तालिम

  • भदौ ३१, २०८०
  • ३,४०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भदौं ःऔद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै ठाउँमा सिकिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन सहितको शिक्षा नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय ईटहरीमा निशुल्क होटल म्यानेजमेन्ट अध्ययन हुने भएको छ ।

आईतबार धरानमा पत्रकार सम्मेलन मार्फत शिक्षालयले एसएलसि उत्तिर्ण वा एसर्ईई परिक्षामा सामेल भएको साथै जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुलाई निशुल्क होटल म्यानेजमेन्ट तालिम दिईने शिक्षालयका अध्यक्ष एकचन्द्र बरालले जानकारी दिए ।

उनले भने प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन ईच्छुक प्रशिक्षार्थी १६ वर्ष उमेर पुरा भै २५ वर्ष सम्मका नेपाली नागरिक हुनु पाउने जानकारी दिए ।

अध्यक्ष बरालले भने लिखित र मैखिक परिक्षामा उत्तिर्ण ४० जना प्रशिक्षार्थीहरु होटल म्यानेजमेन्ट अध्ययन सहित तालिममा सहभागी हुन पाउने, प्रशिक्षार्थीहरुले औद्योगिक अभ्यास तालिम गरेवापत न्यूनतम् पारिश्रमिक ज्यालाको २५प्रतिशत प्रोत्साहन रकम स्वरुप हाजीरी अनुसार दैनिक १ सय रुपैया यातायात खर्च प्रँप्त गर्ने साथै पोशाक खर्च वापत २५ सय रकम उपलब्ध गराउने बताए ।

प्रशिक्षार्थीहरु उद्योग र व्यवसायमा गएर अनुभवि कामदारको प्रत्यक्ष मातहतमा रही दैनिक उत्पादन प्रक्रियामा सहभागी भै सीप र क्षमताको अनुभव प्राप्त गर्ने बताए ।

तालिम २४ महिनाको हुनेछ । साथै २४ महिनाको अवधिमा प्रशिक्षार्थीहरुको करिव साढे ३ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानआर्जन गर्ने छन भने साढे १९ महिना उद्योग व्यवसाय व्यावहारीक सीप र कार्यस्थलको अनुभव प्राप्त गर्ने छन ।

सो अवधि भित्र हपतको १ दिन शिक्षालयमा उपस्थित भै सीप तथा ज्ञान लिनुपर्ने छ । प्रशिक्षार्थीहरुलाई उद्योग तथा व्यवसायले ६ महिनाको अन्तरालमा ३ पटक आन्तरीक मुल्याकन गर्ने छ भने तालिम अवधिको अन्तिम १ महिना शिक्षालयमा आएर सिक्न बाँकी रहेको सीप सिक्दै र परीक्षाको तयारी गर्नु पर्ने साथै अन्तिम मुल्याङकनका लागि प्रविधिक शिक्षालय तथाा व्यवसायीक तालिम परीषद सिटीभिटीले परिक्षा नियन्त्रण गर्ने जानकारी दिएको छ ।

प्रशिक्षथीहरुले तालिम समापन पश्चात प्रि डिप्लोमा तहको प्रमाण पत्र प्राप्त गर्नेछन । तालिममा उत्कृष्ठ प्रशिक्षार्थीहरुले नेपाल सरकारको लोक सेवा आयोगद्धारा लिईने सम्बन्धीत बिषयको पदमा प्रतिस्पर्दा गर्न सक्ने जानकारी अध्यक्ष बराले दिएका छन् ।

तालिममा सहभागी हुन चाहाने ईच्छुक विद्यार्थीहरुले आवेदन असोज ७ गते सम्म फारम भर्न पाउने छन् भने लिखित परिक्षा र मैखिक परिक्षामा नर बहादुर कर्माचार्य बहुउदेश्यीय शिक्षालय ईटहरीमा हुने अध्यक्ष बरालले बताए ।

प्राविधिक शिक्षा अध्ययन सहित तालिमको कार्यान्वयन कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र प्राविधिक सहयोग हेलभिटासको सहयोगमा कार्यक्रम भएको बरालले वताए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic