पार्टी एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार

  • असोज १, २०८०
  • १,७९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१ असोजःनेकपा (माओवादी केन्द्र) समान विचारधारा भएका कम्युनिस्ट घटकहरुसँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ ।

लामो समयदेखि नेकपा ९माओवादी केन्द्र० ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएकोमा सबैलाई मिलाउने उद्देश्यका साथ आफ्नो पार्टीको नाम फेर्न तयार भएको हो ।

माओवादीको गत भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे ठोस निर्णय नै गरेर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख गरिएको छ । यसबारेमा आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने पनि माओवादीको भनाइ छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, माओवादीले भनेको छ ।

माओवादी केन्द्रले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग वार्ताका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मेवारी दिएर एकताको पहल गर्दै आएको छ । गत साउन १७–२१ मा बसेको केन्द्रीय समिति बैठकले महरा नेतृत्वमा गठन भएको वार्ता समितिलाई अनुमोदन गरेको थियो ।

रातोपाटीबाट

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic