टिमुरको उत्पादनमा दोब्बरले कमी

  • असोज ५, २०८०
  • २,६५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५असोजः दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८र७९ को तुलनामा आव २०७९र८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।

जिल्लाबाट आव २०७८र७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९र८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।

अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ ।

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८र७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लगिएको थियो । बिक्री गरी रु तीन लाख २० हजार राजस्व सङ्कलन भएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।

आव २०७९र८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार नौ सय छ किलो बिक्री हुँदा रु एक लाख ४५ हजार मात्रै राजस्व सङ्कलन भएको छ ।

आव २०७८र७९ मा राष्ट्रिय वनबाट ४४ हजार एक सय किलो तेजपात, तीन हजार किलो अमला, ४३ हजार १० किलो रिठा, एक हजार पाँच सय किलो बार्रो, लहरे गुर्जो दुई हजार पाँच सय केजी, ब्राहमी एक हजार, चुत्रोको बोक्रा दुई हजार किलो बिक्री भएको छ भने निजी वनबाट आव २०७९र८० मा बर्रो पाँच सय किलो, लहरे गुर्जो दुई हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङ्राज पाँचरपाँच सय किलो, दुधे–लहरा एक हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो, चुत्रोको बोक्राका सात हजार सात सय किलो, दालचिनी तीन हजार किलो, टटेलोको बोक्रा चार हजार किलो तथा कालीकाठको दाना १४ हजार किलो बिक्री भएको छ ।

निजी वनबाट आव २०७८र७९ मा २७ हजार चार सय किलो दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार किलो, मालागँेडी ५५ हजार दुई सय किलो, तिगेडी, चुत्रो र कालीकाठ एक हजार किलो, पाषणवेद एक हजार छ सय किलो, अमलावेद छ सय ५० किलो निर्यात भएको थियो भने आव २०७९र८० मा दालचिनीको बोक्रा सात हजार एक सय ४५ किलो, मालागेँडी १३ हजार पाँच सय, काउलो बोक्रा ४३ हजार नौ सय ९५किलो, अमला फल एक हजार किलो, तिगेडी पाँच हजार र कालीकाठ ८० हजार ८० किलो जडीबुटी बिक्री भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।

हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भन्नुभयो, “जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आव करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।”

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic