शिक्षा विधेयकको विरुद्ध आन्दोलन जारी

  • असोज ५, २०८०
  • ४,१४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोजः संसदमा दर्ता भएको शिक्षा विधेयक विरुद्ध आन्दोलनरत शिक्षकहरुले तेस्रो दिन पनि आन्दोलन जारी राखेकाछन् ।

केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका सामुदायिक स्कुलका शिक्षक तथा कर्मचारीहरुले तेस्रो दिन शुक्रवार पनि आन्दोलन जारी राखेका हुन् ।

देशभरबाट सहभागी भएका शिक्षकहरु काठमाडौ केन्द्रीत भएकाछन् भने स्थानीय तहमा पनि शिक्षकहरुले धर्ना दिएकाछन् ।

धरान उपमहानगरपालिकाका रहेका सामुदायिक तथा सरकारी स्कुलका शिक्षक तथा कर्मचारीहरुले उपमहानगरपालिका परिसरमा धर्नामा बसेका छन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलनलाई सार्थकता दिदै आन्दोलनको तेस्रो दिन शुक्रबार पनि धरानका सामुदायिक स्कुलका शिक्षक कर्मचारी धर्नामा बसेका छ्न ।

देशव्यापी आन्दोलित शिक्षक तथा कर्मचारीहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायीत्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रअ नियुक्ती, सरुवा, कार्यसम्पादन मुल्यांकनलगायतका बिषयमा माग राखेर आन्दोलन गरेका हुन् ।

सबै स्थानीय तहका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षक र कर्मचारीहरु आन्दोलित हुँदै स्थानीय तहमा धर्ना बसेका छन् ।

यसैक्रममा उपमहानगरपालिका परिसरमा धरानका शिक्षक, शिक्षिकाहरु धर्नामा बसेका छ्न।

दोस्रो दिन धरानमा भएको आन्दोलनको अध्यक्षता सयुक्त सर्घष समितिका सहसयोजक तथा ल्यावरोटरि मा बि धरान ८ का प्रधानाध्यापक आश बहादुर राइले गरेका छ्न ।

उनका अनुसार धरानमा लगभग ४ सय ८५ जना शिक्षकहरु रहेको र धर्नामा शिक्षक र कर्मचारी गरेर लगभग ६ सय जना धर्नामा रहेको बताए ।

धरान भरी १८ वटा माध्यमिक बिधालय ,आधारभूत बिद्यालय ३८ वटा र बिशेष बिद्यालय ३ वटा गरि जम्मा ४९ वटा विद्यालय रह्र्को छ ।

आन्दोलनरत शिक्षक तथा सरस्वती आधारभुत बिद्यालय धरान १ का प्रधानाध्यापक राजेन्द्र खतिवडाले पेन डाउन गरेर मात्र नहुने भएकाले माग पूरा गर्न शक्ति नै प्रदर्सन गर्नु परेको बताए ।

उनले अहिले शान्तिपुर्ण आन्दोलनमा उत्रिएको नगरी राज्यलाई शक्ति प्रदर्शन नगरी आफ्नो अधिकार प्राप्ती नहुने भएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले भने आन्दोलनरत शिक्षक कर्मचारी सयुक्त सघर्ष समितीलाई सरकारको तर्फबाट आधिकारिक रुपमा वार्ताको लागि पत्र नआएकोले वार्ता बस्न ढिलाई भएको बताए ।

सरकारको तर्फबाट रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए ।

शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic