हिविसकस स्कुलले दोस्रो हिविसकस क्विज मेनिया आयोजना गर्ने

  • असोज १४, २०८०
  • ६,०९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४असोज हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उदेश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका डाइरेक्टर गंंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालयलाई पत्रचार गरी सकेको स्कुलले जानकारी दिएको छ ।

स्कुलका निर्देशक राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो र पाचौं हुने विजेताहरुलाई क्रमस १२ हजार र ट्रफि मेडल,प्रमाण पत्र , १० हजार, मेडल प्रमाण पत्र ८ हजार मेडल प्रमाण पत्र, ६ हजार मेडल प्रमाण पत्र, ४ हजार मेडल प्रमाण पत्र प्रदान गरीनेछ ।

पुष १३ र १४ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयबाट ३ जना विद्यार्थी सहभागी हुने र त्यसमा एकजना छात्रा अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरीसकिएको स्कुलले जनाएको छ ।

यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको राईको भनाई रहेको छ ।

यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ ।

गत वर्ष आयोजक समेत गरेर ३२ स्कुल सहभागी भएकोमा यस वर्ष कम्तिमा ५२ स्कुल सहभागी हुने अपेक्षा गरीएको स्कुलका सल्लाहकार पवन झा ले विश्वास व्यक्त गरेकाछन् ।

उनका अनुसार लोकसेवा आयोग दिनका लागि पूर्व तयारी गर्न समेत सहज हुनुुका साथै हाजिरी जवाफ प्रतियोगितामा आर्कषर्ण बढदै गएको झा को भनाई रहेको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic