विष्णु मेमोरियलमा छात्राहरूलाई आत्मरक्षा तालिम प्रदान

  • असोज १४, २०८०
  • १,७४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असोजःविष्णु मेमोरियल माध्यमिक विद्यालय धरान–९ ले आफ्ना विद्यार्थीहरुलाई आत्मरक्षाको तालिम दिएको छ ।

समाजमा बाल बालिका माथि विभिन्न घटना हुन थालेपछि आत्मरक्षाको लागि सहज होस भन्ने उदेश्यले तालिम दिएको हो ।

विद्यार्थीहरूलाई आफूमाथि आइपर्ने शारीरिक आक्रमणको सामना गर्दै आत्मरक्षाका लागि अपनाउनु पर्ने सिप, कला प्रदान गर्न तालिमको आयोजना गरेको स्कुलले जनाएको छ ।

bhshnu = 2 बालिकाहरू माथि हुने दुर्व्यवहार तथा बलात्कारका घट्नाको सामना गर्न छात्राहरूलाई सशक्तीकरण, आत्मबल प्रदान गर्न आत्मरक्षाको तालिम प्रदान गरिएको विद्यालयको भनाई रहेको छ ।

स्कुलले दिएको जानकारी अनुसार विद्यालयको शैक्षिक क्यालेण्डर बमोजिम शुक्रवार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २५० भन्दा बढी छात्राहरूलाई आत्मरक्षाका तालिम दिइएको हो ।

तालिममा सहभागी छात्राहरूलाई आपतकालिन र अप्रत्याशित अवस्थामा आफ्नो जीउ ज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रूपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो ।

आत्मरक्षा तालिम मार्फत छात्राहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न, आत्मविश्वास वृद्धि गरी पठनपाठनमा उत्साह बढाउन योगदान गर्ने प्रधानाध्यापक निलमकुमार श्रेष्ठको विश्वास रहेको छ ।

प्रिन्सिपल श्रेष्ठका अनुसार समाजमा बालिका विरुद्ध हुने अपराधका घटना बढ्दै गएकाले उनीहरूलाई सुरक्षित बनाउन सुरक्षाको प्रत्याभूति गराउन विद्यालयले आत्मरक्षा तालिम प्रदान गरीएको हो ।

आत्मरक्षा तालिमको बाह्य प्रमुख प्रशिक्षक सुबीक्षा राई, सहायक प्रशिक्षक विद्यालयका तेक्वान्दो र कराँते प्रशिक्षकहरू सुलभ श्रेष्ठ र सन्तोष राई रहेका थिए ।

विष्णु मेमोरीयल विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुलाई पढाईका अतिरीक्त कृयाकलाप आयोजना गर्दै आएको छ ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic