धरान लिगामेन्ट स्कुलमा अन्तर्राष्ट्रिय शिक्षक दिवस

  • असोज १८, २०८०
  • १,८७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोजः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६का बिद्यार्थीहरुले बिहिबार अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाएका छन।

स्कुलको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुले सो दिवस मनाएका हुन् ।

विद्यार्थीहरुले केक काटेर शिक्षकहरुलाई खुवाएका थिए। बिद्यार्थीहरुले आफुलाई ज्ञान, शिक्षा दिने शिक्षकहरुलाई उपहार समेत प्रदान गरे।

final = 2

स्कुलका प्रिन्सिपल तेजमान लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरि गुरु, गुरु आमाहरुलाई मनोरन्जन दिलाएका थिए।

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर बिद्यार्थीहरुले शिक्षक दिवस मनाएको प्रिन्सिपल लिम्बुले जानकारी दिए।

बिद्यालयका बिद्यार्थीले गत गुरु पुर्णिामाको अवसर पारेर शिक्षक दिवस मनाए तर लिगामेन्टका बिद्यार्थीहरुले चाहिँ अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसर पारेर मनाएका हुन ।

final = 3

चाइल्ड क्लवकी कक्षा–१० कि छात्रा निर्भिका भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका निर्देशक दुर्गा सुवेदी, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिवद्धय भोला श्रेष्ठ,तीर्थ कार्की, स्कुलका कोअर्डिनेटर सङ्गीत श्रेष्ठ लगायतको उपस्थिति थियो ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic