विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री कार्कीले दिए राजीनामा

  • असोज २०, २०८०
  • १,९८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोजःविश्वासको मत लिन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

शनिवार विश्वासको मत लिने समयमा मत पाउन नसकेपछि राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री काकीले विश्वासको मत लिँदा पक्षमा बहुमत नपुग्ने अवस्था देखेपछि राजीनामाको बाटो रोजेका थिए । नेपालको संविधानको धारा १६८ (३)अनुसार ठुलो दलको हिसाबमा कार्की मुख्यमन्त्री चयन भएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा बोल्दै उनले बाहिरै बसेर भए पनि सङ्घीयता कार्यान्वयनमा सहयोग गर्ने बताए ।स्थायी सरकार नहुँदा प्रदेश संरचनाको विषयमा जनतामा वितृष्णा बढेको उनको भनाइ छ ।

कार्कीको राजीनामासंगै गठवन्धन दलहरुले मुख्यमन्त्री चयनका लागि छलफल शुरु गरेकाछन् ।

मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्वो, निवर्तमान मुख्यमन्त्री उद्धव थापा र केदार काकीले आफ्नो दावी प्रस्तुत गरेकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic