विविध कार्यक्रम सहित् बायो–इथिक्स दिवस सम्पन्न

  • असोज २८, २०८०
  • २,७०१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२८ असोजः ‘भावी पुस्ताको संरक्षण’ भन्ने अवधारणामा विविध कार्यक्रम सहित् सन् २०२३ को बायो–इथिक्स दिवस सम्पन्न भएको छ ।

वर्तमान मानव जीवन, समाजमा चिकित्सा, शिक्षा, शोध लगायत् यावत् क्रियाकलाप, ब्यवहार, पेशागत धर्म, निर्णय गर्दा पछि आउने पिँढि र जीवनको पनि हित, कल्याणबारे बिचार पु¥याउनुपर्ने आवश्यकतातिर झक्झक्याउँदै यस वर्षको बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा सो कार्यक्रम भएको हो ।

बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको थियो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

bp news photo = 2 नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई सन्देस दिए । नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक र स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम बायोइथिक्स विद्यार्थी संकायका अक्षता वस्ती र क्रिस आचार्यले सञ्चालन गरे ।

कार्यक्रममा डा. गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी प्रस्तोता ओमकुमारले आआºना प्रस्तुति राखे । विद्यार्थी संकायका सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा बोले भने यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरुका निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर, फोटोहरुको पनि प्रस्तुति थियो ।

यस वर्ष सम्पन्न विविध प्रतियोगिताहरुका परिणामको पनि घोषणा भयो ।

प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. अशोक ऐर र बसन्त गेलाल निर्णायक रहेको फोटोग्राफीमा सुरजा शाक्य, आसु झा र शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भए ।

त्यस्तै, प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. सरुन कोइराला, डा. किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य; प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली; प्रा.डा. धनरत्न शाक्य, खेम सुबेदी र डा. रिता खड्का निर्णायक रहेको निबन्धमा सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्रा.डा. धनरत्न शाक्य, डा. अशोक ऐर, डा. किशोर गुरुङ र डा. रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भएका थिए ।

नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएको थियो ।

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अबसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुुँदै  जाने शुभेच्छा राखेका थिए।

उनले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, निति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आव्हान गरेको धारणा राखे । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ ।

युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic