यस पटकको धरान रन नया सिस्टममा हुने यस पटकको धरान रन नया सिस्टममा हुने

  • कार्तिक २२, २०८०
  • ४,०७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ कार्तिकः धरानमा आयोजना हुदै आएको धरान–१० के रन प्रतियोगितामा यस पटक विगत वर्षका भन्दा फरक हुने भएको छ ।

आयोजकले वुधवार पत्रकार सम्मनेलन गरी यस पटक विगत वर्ष भन्दा फरक हुने जानकारी गराएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जुताको लेसमा चिप टाइमिङ सिस्टमको प्रयोग हुनेछ ।
११औं संस्करण २०७९ मा छातीमा टासेर चिप टाइमिङ सिस्टमको प्रयोग भएको थियो ।

धरान रनका अध्यक्ष रोमु राईले खुट्टामा प्रयोग गर्दा सहि टाईम दिने भएकाले यो वर्ष जुत्ताको लेसमा बाधेर चिप टाइमिङ सिस्टमको प्रयोग हुने बताए ।

आयोजकले दिएको जानकारी अनुसार शिक्षाको निम्ति च्यारेटी दौड ” १२ औं नेवा च्यारेटी २०८० फागुन १२ गते शनिवार हुने छ ।

धरान उपमहानगरले सुरु गरेको वन वे’लाई समर्थन गर्दै एघारौँ १० के रन प्रतियोगिता देखि रुट परिवर्तन भएको अध्यक्ष राईले बताए ।

प्रतियोगिताको परिर्वर्तित रुट पुतली लाइनबाट सुरु भई देशीलाइन, पुरानो बजार,पिण्डेश्वर मन्दिर, विजयपुर चौक , हात्तिसार क्याम्पस ,रेडक्रस भवन, अमरहाट कर्भड हल , जिरो पोइन्ट, जानकी चोक, धरान रंगशाला ,गणेशमान चौक ,पानीटंकी,कल्याण चौक , मङ्गलबारे, रत्नचोक, बुद्धचौक, दुर्गा चोक हुँदै पुतलीलाइनमा समाप्त भै भानुचौकमा समापन हुनेछ ।

प्रतियोगिता बिहान ७।३० बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा ३ हजार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय धावकधाविकाहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १२ वर्षमुनिका बालकालिकालाई ३ किमी दौड गराइनेछ । १२ बर्ष मुनिका बालबालिकाको दर्ता शुल्क ४ सय रहेको छ भने अन्य समुहको लागी मंसीर २१ गतेसम्म ४ सय ,माघ २९ गतेसम्म ५ सय र सो भन्दा पछि फागुन ५ गते सम्म दर्ता गर्दा ७ सय दर्ता शुल्क लाग्ने भएको छ भने फागुन ६ गते दर्ता पप्रक्रिया पुर्णरुपमा बन्द हुने जानकारी आयोजकले दिएको छ ।

प्रतियोगितामा खुल्लातर्फ महिला तथा पुरुष धावकधाविकाले प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार, ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१२ वर्षमुनिका र १२ देखि १५ बर्षसम्मका धावकधाविकाले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन । प्रतियोगितामा धरानका स्थानिय धावकधाविककालाई प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार दिइने साथै प्रतियोगितामा ह्वील चियर रेस समेत गराईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण सहभागीलाई टिसर्ट उपलब्ध गराउने साथै दौड पुरा गर्ने धावधाविकालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ ।

प्रतियोगिताबाट खर्च कटाएर जोगाएको रकम धरान रन समूहको मातहतमा रहेको नेवा एजुकेसन फण्डमा जम्मा गरिने पनि अध्यक्ष राईले बताए ।

नेवा एजुकेशन फण्ड अनर्तगत सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई निरनतर छात्रवृत्ति दिइरहेको र सदैव फण्डलाई निरन्तरता दिने समूहको भनाई छ ।

्२०६९ सालमा प्रथम नेवा च्यारेटी ८ के हुदै आएको र हाल सम्म १२ नेवा च्यारेटी सम्म आईपुगेको अध्यक्ष राईले बताए ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic