नेपालमै पहिलो पट्क चतरा नहरमा स्टोन स्किपिङु प्रतियोगिता हुँदै

  • कार्तिक २४, २०८०
  • ३,७४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ कार्तिकः बराहक्षेत्रस्थित चतरा नहरमा नेपालकै पहिलो पट्क स्टोन स्किपिङ (पानीसुल्के) प्रतियोगिता आयोजना गरिने भएको छ ।

कात्तिक २८ गते भाइटिकाको अघिल्लो दिन महिला(पुरुष समूहमा उक्त प्रतियोगिता आयोजना गरिने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्टोन स्किपिङ ९पानी(सुल्के० प्रतियोगिता हुने आयोजक चतरा हाइकिङ समूहले बताएको छ ।

प्रतियोगिताका विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ बराहक्षेत्र वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना गरिने आयोजक संस्थाका संस्थापक भीषण राईले बताए ।

प्रतियोगिता गोबर्धन पूजाको दिन बिहान ११ बजेबाट सुरु गरिने छ । खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ।

नेपालकै ठूलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ। जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ आयोजक संस्थाक सदस्य युवराज भट्टराईले भने ।

यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने आयोजकले बताए ।
प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुने आयोजकको दाबी छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

ुधेरैले यो खेल बाल्य अवस्थामा जानअन्जानमा खेलेका थिए होलान् । सायद तपाईं हामीमा ती सबैको अनुभव साँचिएका छन् । यो खेल अहिले त्यसौको पुनरावृत्ति पनि हो।ु पत्रकार सम्मेलनमा आयोजक सदस्य विजय राउतले भने । खेलमा सहभागी हुन प्रतियोगिता स्थलमैसमेत नाम दर्ता गर्न सकिने बताइएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic