कोशीमा दुधको मुल्य १० रुपैया घट्यो

  • कार्तिक २६, २०८०
  • ३,१०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६कार्तिक ः कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्।

डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।

कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्।

डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उपभोक्ता मूल्य घटाउने निर्णय गरेका हुन्।

दूधको मूल्य घटेसँगै दूधबाट बनेको वस्तुको मूल्य पनि घट्ने भएकोले संघले विभिन्न वस्तुको मूल्य घटाएर निर्धारण गरेको छ।

कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आवद्ध संघको बैठक बसेको थियो।उक्त बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाउने निर्णय गरेको थियो।घटेको नयाँ मूल्य कात्तिक २६ गते आइतबारबाट लागु गर्ने संघले जनाएको छ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic