लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल

  • मंसिर १२, २०८०
  • ४,८२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन सशक्त वनाउने लगायतको निर्णय गर्दै जनता समाजवादी पार्टी लिम्वुान राष्ट्रिय समितिको पुर्नगठन भएको छ ।

शनिबार पाचथरको फिदिममा सम्पन्न वैठकले जेन्टल लावति (डम्वर)को अध्यक्षतामा नया समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टिआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज माङमु ९राकेश०, कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विश्वेस्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा छन् ।

त्यसैगरी श्याम एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनकुमार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई र लिला राई चयन भएका छन् ।

समितिका निवर्तमान अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा उपस्थिति थिए । बैठकले सबै समुदायको साझा प्रदेशको रूपमा ‘लिम्बुवान प्रदेश’ स्थापना गर्न लागि पर्ने निर्णय गरेको छ ।

त्यस्तै कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलन सशक्त बनाउने, गुणस्तरिय शिक्षा, सुलभ स्वस्थ्य, सुशासन,लिम्बुवानमा ब्याप्त भ्रष्टाचार विरुद्धमा शसक्त आन्दोलन गर्ने, जनजिविकाका सवालहरुमा सधै आवाज बुलन्द गर्ने, महङ्गी, बेरोजगारी समस्याको समाधानको लागि भुमिका खेल्ने निर्णय समेत गरेको छ ।
यस अघि उदयपुरमा किरात राष्ट्रिय समिति गठन गरीसकेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic