लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल

  • मंसिर १२, २०८०
  • ४,८७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन सशक्त वनाउने लगायतको निर्णय गर्दै जनता समाजवादी पार्टी लिम्वुान राष्ट्रिय समितिको पुर्नगठन भएको छ ।

शनिबार पाचथरको फिदिममा सम्पन्न वैठकले जेन्टल लावति (डम्वर)को अध्यक्षतामा नया समिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टिआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज माङमु ९राकेश०, कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विश्वेस्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा छन् ।

त्यसैगरी श्याम एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनकुमार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई र लिला राई चयन भएका छन् ।

समितिका निवर्तमान अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा उपस्थिति थिए । बैठकले सबै समुदायको साझा प्रदेशको रूपमा ‘लिम्बुवान प्रदेश’ स्थापना गर्न लागि पर्ने निर्णय गरेको छ ।

त्यस्तै कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलन सशक्त बनाउने, गुणस्तरिय शिक्षा, सुलभ स्वस्थ्य, सुशासन,लिम्बुवानमा ब्याप्त भ्रष्टाचार विरुद्धमा शसक्त आन्दोलन गर्ने, जनजिविकाका सवालहरुमा सधै आवाज बुलन्द गर्ने, महङ्गी, बेरोजगारी समस्याको समाधानको लागि भुमिका खेल्ने निर्णय समेत गरेको छ ।
यस अघि उदयपुरमा किरात राष्ट्रिय समिति गठन गरीसकेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic