ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धरानले १ सय जनालाई सम्मान गर्नै

  • मंसिर १६, २०८०
  • १,८३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६मंसिर ःब्रह्मकुमारी राजयोग सेवा केन्द्र धरानले आउँदो सोमवार धरान क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा योगदान गर्ने १ सय जनालाई सम्मान गर्ने भएको छ ।

सो अवसरमा भारतको माउण्टआबु स्थित अन्तर्राष्ट्रिय प्रजापिता ईश्वरीय विश्वविद्यालयका प्रसिद्ध उत्प्रेरक प्राध्यापक ईवी गिरिसबाट धरानका विद्यार्थीहरूलाई कलेजहरूमा उत्प्रेरक कक्षा सञ्चालन गर्ने भएको छ ।

सोही अवसरमा धरानका १०० समाजसेवीहरूलाई सम्मान गरिने केन्द्रकी नानीमैया श्रेष्ठले जानकारी दिएकी छिन् ।

शनिवार पत्रकार सम्मेलन आयोजना गरी श्रेष्ठले तनाव मुक्ति अहिलेको सबै भन्दा पहिलो समस्या समाधान भएको बताइन् ।

व्यक्तित्व विकास एवं चरित्र निर्माणको आधार राजयोग ध्यानको माध्यमबाट सकारात्मक चिन्तनका साथ जीवन जिउने कला, व्यसन र तनावबाट मुक्ति पाउन सकिने पनि वताईन ।

विज्ञानले ल्याएको विश्वव्यापी परिवर्तनले युवा पुस्तामा प्रतिस्पर्धा सँगै तनाव बढाएको छ, परिवर्तनलाई सहज रूपमा जीवनोपयोगी बनाउन ज्ञानको प्रयोग जरुरी भएको र त्यो ज्ञान राजयोग ध्यान नै भएको ब्रह्मकुमार सुनिल श्रेष्ठले बताए ।

टोलीले नेपालका विभिन्न सहरहरूमा सामाजिक, धार्मिक, शिक्षा, स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण, खेलकुद, प्रकृतिको संरक्षणका उत्प्रेरक कार्यक्रम गर्नेछन् ।

ब्रह्मकुमारी राजयोग अन्तर्राष्ट्रि«य मुख्यालयबाट ‘आऔँ हामी मिलेर बनाऔँ एक स्वर्णिम समायक अभियान लिएर एक टोली नेपाल आउने जानकारी दिएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic